LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले फागुनमा प्राङ्गारिक कृषि मेला गर्ने भएको छ । कृषि मेला सम्पन्न गर्नको लागि संघले कार्यसम्पादन समिति गठन गरेको छ ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा सञ्चालन गर्ने प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

कार्यसम्पादन समितिको सहसंयोजकमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे तथा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यसम्पादन समितिको सदस्य सचिवमा महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाललाई आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेललाई समारोह व्यवस्थापन उपसमिति र सहकोषाध्यक्ष धनकुमारी खनाललाई अतिथी सत्कार तथा उपहार व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मुल्यांकन उपसमितिको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।

मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न पूर्वअध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा प्राविधिक सल्लाहकार उपसमिति गठन गरी उक्त समितिमा विभिन्न सरकारी निकाय, परियोजना लगायतका संघसंस्थाको क्रमशः प्रतिनिधित्व हुनेगरी थप गर्दै जाने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय