LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

वनप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेट्स टेक्नोलोजीज र स्मार्ट टकले नेपालमा तीनवटा मोडेल लञ्च गरेको छ ।

मंगलबार मा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्तरुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।

नेपालमा पहिलोपटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर मोबाइल बनाइएको जनाएको छ । यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ ।
यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रेम र ५१२ जीबी ¥यामको सुविधा राखिएको छ । ५४ सय एमएचक्षमताको ब्याट्री भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायमगरिएको नेपालवितरकले जनाएको छ ।

यस्तै टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ । टुवेल्भभन्दा मूल्यमा सस्तो भएपनि यसले १ दशमलब ५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ ।

५५ सय एमएएचको ब्याट्रि क्षमता रहेको यो फोनको आठौं जेनेरेसन २ स्न्यापड्रागन प्रोसेसर जडान गरिएको छ । यसैगरी बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो । २६ हजार नौ सय ९९ बजार मूल्य रहेको यो फोनमाअत्याधुनिकप्रविधि जडान गरिएको छ । स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्रि जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय