LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

वनप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेट्स टेक्नोलोजीज र स्मार्ट टकले नेपालमा तीनवटा मोडेल लञ्च गरेको छ ।

मंगलबार मा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्तरुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।

नेपालमा पहिलोपटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर मोबाइल बनाइएको जनाएको छ । यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ ।
यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रेम र ५१२ जीबी ¥यामको सुविधा राखिएको छ । ५४ सय एमएचक्षमताको ब्याट्री भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायमगरिएको नेपालवितरकले जनाएको छ ।

यस्तै टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ । टुवेल्भभन्दा मूल्यमा सस्तो भएपनि यसले १ दशमलब ५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ ।

५५ सय एमएएचको ब्याट्रि क्षमता रहेको यो फोनको आठौं जेनेरेसन २ स्न्यापड्रागन प्रोसेसर जडान गरिएको छ । यसैगरी बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो । २६ हजार नौ सय ९९ बजार मूल्य रहेको यो फोनमाअत्याधुनिकप्रविधि जडान गरिएको छ । स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्रि जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय