LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बाँदर र बदेलले सताएपछि स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस, सल्ला, खरीलगायत झाडी फडानी गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले तम्घासको उदिन ढुङगास्थित आदर्श र्बोिडङ स्कुलदेखि तिनधारा हुँदै वडा नम्बर २ को सिमानासम्मका रुखहरु काटेको हो ।

सुनसन बन्दै गएको गाउँबस्तीमा कुकाठ र झाँडीले ढाकेपछि बाँदरले किसानलाई बाली संरक्षण गर्न सकस भएका कारण रुख कटान गरेको स्थानीयहरुले जनाएका छन ्। वडाबासीहरुले लगाएको अन्नवाली जङ्गली जनावरले सखाप पारेर हैरान बनाएपछि कुकाठ र झाँडी फडानी गरेको वडा नम्बर १ का वडा अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।

झाडी फडानीले बाँदर नियन्त्रणमा सहज भएको कृषक सुन्तली कामीले बताउनुभयो । पहिले एक्लै हिडडुल समेत गर्न समस्या हुने गरेको उक्त स्थानमा अहिले झाडी र कुकाठ काट्नाले सहजता र वस्ती नै उज्यालो भएको उहाँको भनाइ छ ।
कुकाठ र झाडीका कारण खेतबारी तथा घर रहेको अन्नबाली खाने र प्रायः दुःख दिने गरेको गरेको कृषकको गुनासो छ । कुनै समय खेती गर्दै आएको जग्गा समेत बाँदरका कारण बाँझो राख्दै आएको स्थानीय उमाकान्त पन्थीले बताउनुभयो ।

गतवर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो । त्यसबाट प्रतिफल नआएपछि अहिले झाडी फडानी गर्नका लागि ७० हजार रुपियाँ ब्यबस्था गरेको वडाअध्यक्ष पन्थीले बताउनुभयो ।
फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसारलगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय