LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बाँदर र बदेलले सताएपछि स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस, सल्ला, खरीलगायत झाडी फडानी गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले तम्घासको उदिन ढुङगास्थित आदर्श र्बोिडङ स्कुलदेखि तिनधारा हुँदै वडा नम्बर २ को सिमानासम्मका रुखहरु काटेको हो ।

सुनसन बन्दै गएको गाउँबस्तीमा कुकाठ र झाँडीले ढाकेपछि बाँदरले किसानलाई बाली संरक्षण गर्न सकस भएका कारण रुख कटान गरेको स्थानीयहरुले जनाएका छन ्। वडाबासीहरुले लगाएको अन्नवाली जङ्गली जनावरले सखाप पारेर हैरान बनाएपछि कुकाठ र झाँडी फडानी गरेको वडा नम्बर १ का वडा अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।

झाडी फडानीले बाँदर नियन्त्रणमा सहज भएको कृषक सुन्तली कामीले बताउनुभयो । पहिले एक्लै हिडडुल समेत गर्न समस्या हुने गरेको उक्त स्थानमा अहिले झाडी र कुकाठ काट्नाले सहजता र वस्ती नै उज्यालो भएको उहाँको भनाइ छ ।
कुकाठ र झाडीका कारण खेतबारी तथा घर रहेको अन्नबाली खाने र प्रायः दुःख दिने गरेको गरेको कृषकको गुनासो छ । कुनै समय खेती गर्दै आएको जग्गा समेत बाँदरका कारण बाँझो राख्दै आएको स्थानीय उमाकान्त पन्थीले बताउनुभयो ।

गतवर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो । त्यसबाट प्रतिफल नआएपछि अहिले झाडी फडानी गर्नका लागि ७० हजार रुपियाँ ब्यबस्था गरेको वडाअध्यक्ष पन्थीले बताउनुभयो ।
फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसारलगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय