LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

लायन्स क्लब अफ काठमाडौं ढिकुराको आयोजनामा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका दुई वडाका ५ आधारभुत बिद्यालयमा अध्ययनरत करिब १ सय ५० बिद्यार्थीहरुलाई स्कुल सपोटका लागि आवश्यक स्कुल ब्याग, जाडोमा लगाउने न्यानो लुगा, ट्रयाकसुट लगायतका सामाग्री प्रदान गरिएको छ ।
लायन्स क्लवका पदाधिकारी र सदस्यहरुले स्वेच्छाले करिब ३ लाख रकम संकलन गरि बिद्यार्थीहरुलाई सामाग्री खरिद गरि हस्तातरण गरिएको लायन्स कल्व अफ काठमाडौं ढिकुराकी अध्यक्ष गिता भुसाल भट्टराइले जानकारी दिनुभयो ।
क्लबले स्थापनाकालदेखि नै बिभिन्न पेशा ब्यवसायले गर्दा आफ्नो गाउँठाउँ भन्दा बाहिर रहेपनि आफुले अध्ययन गरेको बिद्यालयहरुमा कम्प्युटर बितरण, स्वास्थ्य शिबिर संचालन र बालबालिकालाई जाडोको समयमा राहत होस भन्ने उदेश्यले न्यानो कपडा बितरण जस्ता बिभिन्न रचनात्मक काम गदै आएको रामचन्द्र भट्टराइको भनाई छ ।
क्लबले भुमिकास्थान नगरपालिका वार्ड नं. ९ का, थानपति, जयन्ती, बिरभद्र आधारभुत र भुमिकास्थान ८ को महेन्द्र आधारभुत बिद्यालय गरि पाँचवटा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिद्यालय सपोट सामाग्री हस्तातरण गरेको क्लबका सदस्य कृष्ण पोख्ररेलले बताउन् भयो ।
जिल्ला समन्वय समिति सदस्य झुपलाल खनालले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेकोमा क्लबका अध्यक्ष सहित सम्पुर्णलाई अभिभावकको तर्फबाट धन्यबाद दिनुभयो । कार्यक्रममा इन्दिरा खनाल, स्थानिय रामप्रसाद भुसाल, जीवन घिमिरे, गीता केसी, जेष्ठ अभिभावक विष्णु कुमार घिमिरे, रामप्रसाद पोख्रेल, सन्तराज भुसाल, कृष्णप्रसाद भुसाल, सरिता भुसाल र मिना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय