LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाको गाउँसभाले पालिकाको विपद व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको बिधेयक २०८० सर्वसम्मतिले पारित गरेको छ ।
कञ्चन गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका सभाअध्यक्ष नवराज ढकालले उक्त विधेयक पारित गर्न गाउँसभामा प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले उक्त विधेयक छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।

 

त्यसैगरी गाउँसभामा सभाको अध्यक्षको हैसियतले पालिका अध्यक्ष ढकालले २०८० साल पौस मसान्तसम्म भएका कार्यपालिकाका निर्णयहरु तथा कञ्चन गाउँपालिकाबाट प्रदान गरिने ब्यक्तिगत तथा आर्थिक सहायत सम्वन्धि कार्यलाई व्यवस्थित गर्न बनेको ऐन २०८० बमोजिम भएको खर्च तथा सेवा परामर्शमार्फत संचालन भएका तालिम तथा कार्यक्रमको अनुमोदन र स्वीकृतिको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा गत माघ १५ गतेद सोमबारदेखि सुरु भएको हो ।
गाउँपालिकाका अध्यक्ष ढकालले १५ औं अधिवेशन हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई बिधान कार्यान्वयन अधिवेशनको रुपमा अघि बढाउनु जनाउनुभएको थियो ।
गाउँसभाको सुरुको दिन प्रम्ुख प्रशासकीय अधिकृत सागर गौतमले अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय