LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना । रातिमा सुरु भएर रातिमै सकिने रुपन्देहीको सबैभन्दा पुरानो गाउँको नामबाट भड्छा महोत्सव २०८० हुने भएको छ । ११३ औं बर्षअघि स्थानीय थारु समुदायले सुरु गरेको भड्छा महोत्सव तथा माघे औंसी रात्रीकालीन मेलालाई यो बर्ष समेत निरन्तरता दिने निर्णयसँगै तयारीको काम भइरहेको आयोजकले जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका –८ भड्छा गाउँसमाज सैनामैना –८ को आयोजनामा माघ २५, २६ र २७ गते तीन दिने भड्छा महोत्सव तथा रात्री माघे आंसी मेला सुरु गर्न लागिएको शनिवार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित विगतका बर्षजस्तै यस बर्ष पनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको सैनामैना –८ का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक बुद्धिराम चौधरीले बताउनुभयो ।

परापूर्वकालदेखि चल्दैआएको मेलाको इतिहासको संरक्षण तथा सम्बद्र्धन गर्ने तथा थारु समुदायको बसोबास र पहिचानलाई जोगाई राख्न बर्सेनी भड्छा महोत्सव सञ्चालन गर्दैआएको अध्यक्ष चौधरीले बताउनुभयो ।

थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद खुशीराम चौधरीले थारु समुदायको इतिहास र पहिचानसँग जोडिएको प्राचीन भड्छा मेलाको संरक्षणमा सबै समुदायको अपनत्व आवश्यक रहेकोे चर्चा गर्नुभयो । प्राचीन भड्छा गाउँको पहिचान जोगाउन महोत्सव आयोजना गर्ने गरिएको उहाँले बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले थारु समुदायको अस्तित्व र अधिकार स्थापितका लागि र पिछडिएको समुदायलाई अगाडि बढाउन यस मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै महोत्सव सफल पार्न सबैको सक्रिय सहभागिताको आग्रह गर्नुभयो ।

मेलामा थारु संस्कृति झल्किने पहिरन, पुरानो सामग्री, थारु समुदायको ऐतिहासिक बर्का नाच, झुमरा नाच, थारु परिकारका स्टलहरु, वडा स्तरीय झुमरा नाच प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुला वडास्तरीय भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । मेला हेर्न रूपन्देही मात्र नभइ कपिलवस्तु, नवलपरासी, दाङसहित पश्चिमका थारू समुदायका प्रतिनिधि आउनेगरेको आयोजकले जनाएका छन् ।

भड्छा गाउँ समाजको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने महोत्सवका लागि सैनामैना नगरपालिकाको ५ लाख आर्थिक सहयोग र अन्य दाताबाट संकलन गरी अनुमानित कुल ९ लाख खर्च गरेर मेला सम्पन्न गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय