रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ का सुरज भण्डारीलाई जोर्डनको जेलबाट छुटाउन कलौनी ब्रदर्श फर सोसाईटीले सुरज बचाउ अभियान सुरु गरेको छ । सुरजलाई जेलबाट छुटाउन ठूलो धनराशी आवश्यक पर्ने भएकोले सांगीतिक कार्यक्रममार्फत सहयोग संकलन अभियान सुरु भएको छ ।
शनिवार सुरु भएको सहयोग अभियानमा सहयोग गरेर सुरजलाई जेलबाट छुटाउन अभियानमा संलग्न युवाहरुले आग्रह गरेका छन । सैनामैना वडा नं. ६ का समाजसेवी युवा प्रेम थापाले सुरज बचाउ अभियानमा आर्थिक रुपमा सहयोग गरिदिन सवैसंग आग्रह गर्दै सुरजको घर परिवारको अवस्था अत्यन्त नाजुक रहेकोले उनलाई छुटाउन अभियान सुरु भएको र यसमा जोडिन सवैसंग आग्रह गर्नुभयो । उहाँले कलौनी ब्रदर्शले सुरु गरेको अभियानमा सहयोग गरिदिन देश तथा विदेशमा रहेका सवै नेपालीहरुसंग आग्रह गर्नुभयो ।
कलौनी ब्रदर्शका सदस्य प्रसन्न पन्तले सुरज भण्डारी बचाउ अभियान कलौनी बजारबाट सुरु गरिएको बताउँदै सुरजलाई जस्तो समस्या जसलाई पनि पर्न सक्ने भएकोले सुरजलाई जेलबाट छुटाएर नेपाल ल्याउन सुरु गरिएको सहयोग संकलन अभियानमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।



सुरज विगत ६ महिनादेखि जोर्डनको जेलमा रहेका छन । उनी युएईमा ट्रक चालकको रुपमा काम गर्दै आएकोमा सिरिया पुगेर फर्किनेक्रममा जोर्डनमा उनलाई पक्राउ गरि जेलमा राखिएको हो । उनी निर्दोष रहेको र उनलाई छुटाउन अहिले परिवारसंगै सैनामैनाबाट अभियान थालिएको कलौनी ब्रदर्शका सहयोग अभियानका संयोजक सुमित श्रेष्ठले जानकारी दिनुभयो ।




