लुम्बिनी प्रदेश स्थापनाको ६ बर्ष पूरा
लुम्बिनी प्रदेश स्थापना भएको छ बर्ष पुगेको छ । हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको भएपनि यस वर्ष दुईवटा दिवसलाई एकै दिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको हो ।
जस अनुसार आइतबार लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भब्य समारोहको आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भष्ट्राचार मुक्त प्रदेश बनाउने अभियानमा सबै लाग्न आग्रह गर्नुभयो ।
नेपालमा अहिलेपनि भष्टाचार भइरहेको छ भन्ने अन्तरास्ट्रिय निकायको अध्ययनले देखाइरहेको भन्दै उहाँले न्युनिकरण नभएर, शुन्यमा लग्ने आँट सबैले गर्नुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख शेरचनले नेपालको पुराना मौलिक मान्यतालाई स्थापित गर्दै जादा संघीयता कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले कार्यक्रमको विषय प्रवेस गराउनु भएको कार्यक्रममा श्रृजनशिल पत्रकारिता पुरस्कारबाट १२ र अग्रज पत्रकारिता पुरस्कारबाट एकजनालाई पुरस्कृत गरिएको छ । यसैविच प्रदेश सरकारले स्थापना दिवसको दिन आइतबार प्रदेशभर सार्वजनिक विदा समेत दिएको थियो ।
प्रदेश सरकारले यो ६ वर्षको अवधिमा ७६ वटा कानुन निर्माण गरेको छ । पहिलो कार्यकालमा पाँच वर्षको अवधिमा ७२ वटा कानुन निर्माण गरेको प्रदेश सभाले अहिले दोस्रो कार्यालयको पहिलो वर्ष ४ वटा विधेयक पास ग¥यो ।
पाँच वर्षको अवधिमा प्रदेशसभाबाट मूल विधेयक ५० वटा, संशोधन विधेयक १२ वटा यस्तै विधेयक १० वाट शाल वाली प्रदेशसभाबाट पारित गरेको छ ।
यो एक वर्षमा अर्थात् प्रदेश सभाको दोस्रो कार्यकालमा ४ वटा विधेयक पारित भएको छ । ७ वटा विधेयक लुम्बिनी प्रदेश सभामा दर्ता भएका छन् ।
प्रदेशसभा सचिव दुर्लभ पुन मगरले यो वर्षमा एउटा मूल विधेयक कर्मचारी सम्बन्धी र दुईबाट अर्थसम्बन्धी विधेयक र स्वास्थ्य सम्बन्धी संशोधन विधेयक पारित गरेको बताउनुभयो ।
उता लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी विधेयक पारित भएको एक वर्ष पुग्दा पनि कार्यान्वयन आउन सकेको छैन ।







