LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल उपमहानगरपालिकाले क्षयरोग स्क्रिनिङ्ग शिविर सुरु गरेको छ । क्षयरोग मुक्ति पालिका घोषणा अभियान अन्तरगत अति जोखिम तथा स्वास्थ्य संस्थाबाट टाढा रहेका समुदायका लागि वडामै पुगेर शिविर सुरु गरेको हो ।
आईतबादेखि बुटवल वडा नं. १ बाट शिविर सुरु भएको हो । बुटवल उपमहानगरपालिका वडा नंं. १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले शिविरको उद्घाटन गर्दै जोखिममा रहेका ब्यक्तिलाई घरमै पुगेर खकारको नमुना संकलन गरेर परिक्षण गरिने बताउनु भयो ।
क्षयरोग नियमित औषधी सेवनबाट निको हुने भएकाले परिक्षण गराएर समयमा नै उपचार गर्नको लागि उहाँले आग्रह गर्नुभयो । क्षयरोग मुक्ति पालिका घोषणा अभियान अन्तरगत शिविर संचालन गरिएको बताउँदै बस्नेतले यस अभियानमा सबैले साथ दिनुपर्ने बताउनु भयो ।

बुटवल उपमहानगरपालिका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयले १९ वटै वडामा स्वास्थ्यकर्मी पुगेर शिविर संचालन गरिने जानकारी दिनुभयो । शिविरमा खकारको नमुना संकलन गरि क्षयरोग भए–नभएको परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । क्षयरोग भेटिएमा निःशूल्क रुपमा उपचार गरिने भएकाले शिविरमा आएर खकार परिक्षण गराउनको लागि उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य संस्थामा पुगेर खकारको नमुना समेत परिक्षण गराउन नसक्ने समुदायलाई लक्षित गरि शिविर संचालन गरिएको पाण्डेयको भनाई छ । शिविरमा आउन नसक्ने बिरामीलाई घरघरमा स्वास्थ्यकर्मी पुगेर पनि नमुना संकलन गरेर उपचारमा सहयोग पुराउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय