LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत मुक्त भएका छन्।

जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो। प्रहरी हिरासत भनिए पनि उनीहरू स्वास्थ्यको कारण देखाउँदै सुरुमा चिरायु र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

पक्राउ परेका तीनै जना माथि बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोप छ। अदालतले प्रहरी अनुसन्धान यथावत् हुने गरी तीनै जनालाई रिहा गर्न आदेश दिएको हो। प्रहरी अनुसन्धान भने जारी छ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उक्त आदेश दिएको हो। इजलासले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको भनेपछि प्रहरीले तीनै जनालाई छाडेको हो।

मुलुकी अपराध संहितामा कुनै व्यक्तिलाई हिरासतमा राख्नुपर्ने नदेखिएमा सरकारी वकिलको सहमति अनुसार अनुसन्धान अधिकृतले ती व्यक्तिलाई हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ। सिआइबीले यही दफा प्रयोग गरेर उनीहरूलाई रिहा गरेको हो। अरुण चौधरी कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीका सहोदर भाइ हुन् । अरुणलाई छुटाउन नेपाली कांग्रेसको राजनीतिक र व्यवसायिक संघसंस्थाको दबाव परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय