LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैनामा रहेको न्यू एकेडेमी बोडिङ्ग स्कुलले आफ्नो १९ औं बार्षिकोत्सव एव अभिभावक दिवस बुधबार सम्पन्न गरेको छ ।

बार्षिकोत्सव एव अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले न्यू एकेडेमी बोर्डिङ स्कुलले शैक्षिक नतिजासंगै सामाजिक गतिबिधिमा समेत उत्कृष्ट र उदाहरणीय काम गर्दै आएको बताउनु भयो ।

नगर प्रमुख शर्माले न्यू एकेडेमी बोडिङ यस क्षेत्रको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा अब्बल बन्दै गएको बताउनु भयो । उहाँले यो विद्यालयलाई यहाँसम्म पु¥याउन सकेकोमा विद्यालय परिवार, विद्यार्थी, अभिभावक सवैको उत्तिकै योगदान रहेको उल्लेख गर्नुभयो । न्यू एकेडेमीले शिक्षा क्षेत्रमा एक अब्बल संस्थाको रुपमा आफ्नो पहिचान बनाउदै गएको आफूले पाएको बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले विद्यालयले शिक्षासंगै बिधार्थीहरुमा अतिरिक्त क्रियाकलापका गतिविधि समेत अगाडी बढाउन जरुरी रहेको बताउनु भयो । पछिल्लो समय प्रबृधिले फड्को मार्दै गएकोले प्राबिधिक र ब्यवहारिक शिक्षा कसरी प्रवाह गर्न सकिन्छ भन्ने तर्फ सरोकारवाला सबैको ध्यान पुग्न आवश्यक रहेको समेत उपप्रमुख रानाको भनाई थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद पौडेलले समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यस बिधालयको स्थापना गरिएको बताउनु भयो । उहाँले समयको आवश्यकता र माग बमोजिमको शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने तर्फ बिधालय संचालकहरुले विभिन्न योजना बनाउदै आएको र यका लागि सम्पूर्ण सरोकार पक्ष र अभिभावकहरुको राय, सल्लाह र सुझावको खाचो रहेको समेत बताउनु भयो । उहाँले विद्यालयलाई रुपन्देही जिल्लाकै अब्बल विद्यालय बनाउन लागिपरेको समेत उल्लेख गर्नुभयो ।

बिधालयका प्रधानाध्यापक टोपलाल भट्टराईले विद्यालयले विद्यार्थीहरुलाई पठनपाठनमा मात्र नभई खेलकुद तथा मनोरञ्जनात्मक प्रतियोगिताहरुमा पनि सहभागी गराउदै आएको र बिधालयले विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा दिदै आएको बताउनु भएको थियो ।

कार्यक्रममा दिप बोर्डिङका प्रधानाध्यापक टिकाराम न्यौपाने, अक्सफोर्ड कलेजका प्राचार्य दिनेश भुषाल  अभिभावक संघ सैनामैनाका अध्यक्ष बिण्णुप्रसाद पाण्डेय लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रमको अवसरमा बिधार्थीहरुले बिविध साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा बिधालयले उत्कृष्ट बिधार्थीहरुलाई पुरुस्कार तथा मेडल प्रदान गरेको थियो ।

बिधालय परिसर सैनामैना २ मा सम्पन्न कार्यक्रममा स्कुलका एकेडेमिक चिप नबिन प्रभुको स्वागत रहेको थियो भने बिधालयका शिक्षक नवराज भुषालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय