LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ ।

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७ रन बनाउँदा अल आउट भयो ।

१ सय ७४ रन बनाउँदा ४ विकेट गुमाएको क्यानडाले त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमायो । क्यानडाका निकोलस किर्तोनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन बनायो ।

नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । भुर्तेल ५८ बलमा ६२ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० रन बनाए । क्यानडाका उदय भगवानले ३ विकेट लिए ।

नेपाल र क्यानडाबीच ३ वटा खेलको शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय