LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले भोलिका दिनमा खानेपानीको बिषयमा मात्रै होइन सरसफाईका क्षेत्रमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले खानेपानीको धारामा आएको पानीको पुनः प्रयोगमात्र होइन त्यसको सदुपयोग कसरी गरिरहेका छौं, त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

 

साधारण सभाको शुभकामना ब्यक्त गर्दै खानेपानी डिभिजन कार्यालय योगिकुटीका लेखा अधिकृत कृष्ण बञ्जाडेले स्थानीय उपभोक्तालाई सर्वसुलभ र स्वच्छरुपमा खानेपानीको सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

खानेपानी संस्थाका अध्यक्ष मुक्तबहादुर थापाले सैनामैना ९ पिपलडाँडामा दोश्रो फेजको खानेपानीका साथै आमी खानेपानी योजना सैनामैना ७ मा सुरु गर्न सफल भएको बताउनु भयो । उहाँले पिपलडाँडामा खानेपानी योजनाका लागि जग्गा उपलब्ध गराएकोमा पिपलडाँडाँ खानेपानी तथा सरसफाई समितिको नेतृत्वलाई धन्यवाद दिनुभयो ।

 

साधारण सभाको अवसरमा बाँसगढी बजार व्यवस्थापन समितिका अध्यक्ष लोकवहादुर राना, भडछी टोल विकास संस्थाका अध्यक्ष हिराबहादुर खत्री, बुद्धनगर खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद भुसाल र दुधराक्ष बाँसगढी खानेपानी संस्थाका संस्थापक अध्यक्ष एकदेव पौडेलले शुभकामना दिनुभएको थियो ।

संस्थाकी उपाध्यक्ष कमला चौधरीको स्वागतमा भएको साधारण सभाको कार्यक्रममा संचालन सचिव होमबहादुर रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय