LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकामा छैठौं राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । स्वास्थ्का लागि खेलकुद राष्ट्रका लागि खेलुकद भन्ने नाराका साथ कञ्चन गाउँपालिकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको खेलकुद प्रतियोगितमा ३२ विद्यालयका खेलाडीहरुको सहभागिता रहेको छ ।

खेलकुद प्रतियोगिताको उदघाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकामा आफूहरु अझै सुरुवाती चरणमै रहेकोले आफूहरुले धेरै कुराहरुलाई व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै सवैकुरा योजनाबद्ध रुपमा गर्दै जाने बताउनु भयो । उहाँले पालिकाको प्रथम पञ्चबर्षीय योजना निर्माण गरेर यही हिउँदे अधिवेशनबाट पारित गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका पूर्व अध्यक्ष गोकर्णवहादुर क्षेत्रीले कञ्चन गाउँपालिकामा आयोजना गरिएको राष्ट्रपनि रनिङशिल्ड खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा रहेको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने बताउनु भयो ।

उहाँले आगामी दिनमा खेलकुद प्रतियोगितालाई विस्तारित गर्दै यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरुको शारिरीक र मानसिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

त्यसैगरि कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले पालिकाको आयोजनामा सुरु भएको खेलकुद महोत्सव भब्यरुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताउँदै सवै खेलाडीलाई अनुशासित भै खेल प्रदर्शन गरेर कञ्चनको नाम राख्न आग्रह गर्नुभयो ।

उहाँले कञ्चन गाउँपालिकामा फागुनमा हुने जिल्लास्तरीय खेलकुद प्रतियोगितामा कञ्चनका खेलाडीहरुले उत्साहपूर्ण सहभागिता जनाउनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

उदघाटन समारोहमा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशरवहादुर खत्री, कार्यक्रमको औचित्यका बिषयमा शिक्षा शाखा प्रमुख रमेश भुसाल, नेकपा एमालेका कञ्चन अध्यक्ष दिनानाथ आचार्य, कांग्रेसका देवीराम रेग्मी, माओबादीका पुष्पराज शर्मा, राप्रपाका मुक्तिनारायण आचार्य, रास्वपाका प्रेमचन्द्र पोखरेल, विद्यालय ब्यवस्थापन समितिको तर्फबाट चिरञ्जीवी खनाल, शिक्षकहरुको तर्फबाट लेखनाथ पौडेल लगायतले बोल्दै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको संचालन शिक्षक डोलाराम पौडेलले गर्नुभएको थियो । चार दिन हुने प्रतियोगितामा कञ्चनका सामुदायिक र संस्थागत गरी करिव ३० विद्यालयका १२ सय बढी विद्यार्थीले १६२ पदकका लागि प्रतिष्पर्धा गर्दैछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय