LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

माघ २७, २०८०

दिनेश खनाल बुटवल । एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा फागुन ४ र ५ गते हुने भएको छ । बिद्यालयले आफ्नो ४३ औ स्थापना दिवसको अबसरमा एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा गर्न लागेको प्राचार्य टिकाराम न्यौपानेले बताए ।

प्रतियोगिता दुई चरणमा हुनेछ । प्रथम चरण फागुन ४ गते साढे १० बजे देखि हुनेछ । यस चरणमा प्रतियोगिले ट्रायविना गीत गाउनु पर्ने र यस चरणबाट उत्कृष्ट २० जनालाई दोस्रो चरणका लागि छनोट गरिने उनले पत्रकार सम्मेलन मार्फत जानाकारी दिए ।

त्यस्तै दोस्रो चरण फागुन ५ गते हुनेछ । उक्त दिन प्रथम चरणबाट छानिएका उत्कृष्ट २० जनाले ट्राय सहित गीत गाउने कार्यक्रम संयोजक बालकृष्ण पाठकले जानाकारी दिए ।

दोस्रो चरणमा परतियोगिले ट्रायक सहित एउटा राष्ट्रिय गीत र एउटा स्वैच्छिक गीत गाउनु पर्ने उनले बताए ।

 

प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार द्वितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्त्वना हुने २ जनालाई नगद २ हजार सहित सिल्ड मेडल र प्माणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सम्पन्न गर्न कुल ६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगतामा कक्षा १२ सम्मका बिद्यार्थीहरुले सहभागिता जनाउने पाउने बिद्यालयले जनाएको छ ।

यस प्रतियोगितामा हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षापरियार, सक्सेस पाण्डे, कुशल आचार्य र विवेक पङगेनी गरी जम्मा १० जना विद्यार्थीहरू दीप गायन तारा बन्न सफल भएका छन् भनेविजेता ती विद्यार्थीहरू हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा स्थापित भएको प्राचार्य न्यौपानेले बताए ।

 

दीप बोर्डिङ हाई स्कुल २०३७ फागुन ५ गते स्थापना भएको संस्थागत विद्यालय हो । यस विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्तक्रियाकलाप मार्फत् विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको प्रस्फुटन गर्दै आइरहेको छ । यस विद्यालयले नगर, जिल्ला र राष्ट्रव्यापीकविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन, हाजिरीजबाफ, चित्रकला, भलिबल, टेबलटेनिस, कराँते, कबड्डी लगायतविभिन्न प्रतियोगितामा अब्बल नतिजा ल्याउँदै आइरहेको बिद्यालयले जनाएको छ।

पत्रकार सम्मेलन कार्यकम शिक्षक पुरुशोत्तम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय