LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा बालविकास सहजकर्ताहरुका लागि पाँचदिने मण्टेश्वर तालिम शनिवारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ ।
तालिममा कञ्चन गाउँपालिकाका सामुदायिक विद्यालयका २७ जना बालविकास सहजकर्ताको सहभागिता रहेको छ ।
तालिमको एक समारोहका बीच उदघाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आफूहरु जनप्रतिनिधिको हैसियतले पालिका आएपछि शिक्षालाई प्राथमिकतामा राखेर का गरिरहेको बताउनु भयो । उहाँले पहिलो शिक्षाको गुणस्तर अभिबृद्धिका लागि अघिल्लो बर्ष पनि विभिन्न तालिम सञ्चालन गरेको स्मरण गर्दै यो बर्षपनि धेरै तालिम संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले यो बर्षको शैक्षिक क्यालेण्डर अन्तरगतको पहिलो तालिमको सुरुवात यही कार्यक्रमबाट भएको बताउनु भयो ।

 

कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिएकोले आगामी पाँच बर्षभित्रमा कञ्चन जिल्लाकै शैक्षिक हब बन्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले कञ्चन गाउँपालिकाको ६० र लुम्बिनी पोलिटेक्निक इन्स्टिच्यूटको ४० प्रतिशत लगानीमा यो तालिमको सुरुवात भएको बताउनु भयो । उहाँले तालिमको भरपुर उपयोग गरेर धेरै कुरा सिक्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

त्यसैगरी कञ्चन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले शिक्षाको गुणस्तरमा सुधारका लागि नेपाल सरकारले अघि बढाएका नीतिगत सुधारका काम लगायत पालिकाहरुबाट हुने शिक्षा विकासका कार्यक्रमले शिक्षाको स्तरबृद्धिमा सघाउ पु¥याउने अपेक्षा गरिएको बताउनु भयो । उहाँले बालमैत्री बाताबरणमा विद्यार्थीलाई अध्ययनको अवसर दिने कुरामा ध्यान दिनुपर्ने बताउँदै तालिम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।

कञ्चन गाउँपालिकाका प्रबक्ता चित्रलाल तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी पोलिटेक्निक इन्स्टिच्यूटका प्रशिक्षक ज्योति तिवारीले प्रशिक्षण दिनुभएको छ भने संचालन संस्थाका अरुण अर्यालले गर्नुभएको थियो । तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय