LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसले आफ्नो १७ औं स्थापना बर्षको सन्दर्भमा खुल्ला रक्तदान एवम् बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखासँगको सहकार्यमा खुल्ला रक्तदान तथा आयुष मेडिकल हलको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरुले रगत दान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सदस्य तथा कञ्चन उपशाखाका उपसभापति हेमा बेल्वासेले जानकारी दिनुभएको छ ।

यस्तै बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ५०० जनाले स्वास्थ्य जाँच गराई सेवा लिएका थिए । शिविरमा जनरल फिजिसियन, हाडजोर्नी, मेरुदण्ड, नशा तथा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग तथा प्रसूति, दाँत लगायत स्वास्थ्य जाँच गरी निःशुल्क औषधी तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको उच्च शैक्षिक सेवालाई गाउँ गाउँसम्म पु¥याएर कञ्चनलाई शैक्षिक हब बनाउनमा हरैया बहमुखी क्याम्पसले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष टेकबहादुर गुरुङ्ग, प्रवक्ता चित्रलाल तुलाचनले अवको हरेक बिधार्थीहरुको मनमा आफुले प्राप्त गरेको शिक्षालाई स्वदेशमै बसेर केही गर्छु भन्ने भावनाको बिकास गर्न आवश्यक रहेको बताउनु भयो ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष चुरामणी शर्माको अध्यक्षतामा संचालन गरिएको रक्तदान तथा स्वास्थ्य शिविरमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष शेरबहादुर श्रीस, सदस्य पुष्पराज शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय