LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना, १ फागुन । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको रामापुर माध्यमिक विद्यालयको ५९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एवं लोकनृत्य प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा मन्तब्य राख्दै सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासेले २०२१ सालमा स्थापना भएको रामापुर माध्यमिक विद्यालयले ५९ औं बार्षिक उत्सव मनाउँदै गर्दा विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताउनु भयो । उहाँले विद्यालयले दुई हजार बढी विद्यार्थीहरुको सपना बोकेर अघि बढेको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट शैक्षिक केन्द्र बन्न सफल होस भन्ने शुभकामना दिनुभयो ।
त्यसैगरि कार्यक्रममा रामापुर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पाण्डेले विद्यालयमा अनुशासन सवैभन्दा ठूलो र महत्वपूर्ण कुरा रहेको बताउँदै विद्यार्थी भाईबहिनीहरुलाई अनुशासनमा रहेर आफ्नो शैक्षिक यात्रा अघि बढाउन अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा लोकनृत्य प्रतियोगितामा बिजयी हुने खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक बाबुराम भट्टराईको स्वागतमा भएको कार्यक्रमको संचालन माध्यमिक विद्यालय इञ्चार्ज कृष्णप्रसाद न्यौपाने र काशीराम पोखरेलले गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल र शिक्षक करुणप्रसाद न्यौपानेले विद्यालयको गतिविधिका बिषयमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय