LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |
रुपन्देहीको कञ्‍चनमा क्लोथ बैंक सञ्‍चालन हुने भएको छ। जेसीआई कञ्‍चन, रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपालबीच आज क्लोथ बैंक सञ्‍चालन गर्ने सम्झौता भएको हो।
क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना,  जेसीआई कञ्‍चन र कञ्‍चन गाउँपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्‍चालन गर्न लागिएको जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशले बताउनु भयो। उहाँले मानव सेवाको लागि पुरानो कपडालाई पुनः प्रयोगू भन्‍ने मुल नाराका साथ सुरु हुने यो अभियानले कञ्‍चनबासीको हित हुने विश्‍वास व्यक्त गर्नु भयो ।
  कञ्‍चन गाउँपालिकाका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन गरी आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ हुन लागेको बताउदै देशभरी १७८ वटा शाखा मध्‍य जेसीआई कञ्‍चनलाई क्लोथ एण्ड फूड बैंक नेपालले सो अवसर प्रदान गरेकोमा खुसी समेत व्यक्त गर्नुभयो ।
    उहाँले यस परोपकारी कार्यमा जोडिन यस क्षेत्रमा रहेका सम्पूर्ण संघ सस्था साथै गाउँपालिका बासी सबैलाई अनुरोध समेत गर्नुभयो। नेपालमै र कञ्‍चन गाउँपालकिकामा  पनि पहिलो पटक सबैलाई पायक पर्ने विभिन्‍न स्थानहरूमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भएका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरूले निःशुल्क लिन सकिने भएको छ।
त्यस्तै सम्झौता पत्रमा हस्ताक्षर गर्दै क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि।सी।ले आगामी दुई बर्षमा कपडा विहीनमुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्‍चालन गर्ने योजना बनाएको र अहिले सम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएको जानकारी दिनुभयो।
साथै देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको यो अभियानको औपचारिक शुभारम्भ यहि फागुन ५ गते बिहान ८स्३० बजे बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच राष्ट्रका महानायक राजेश हमालको विशेष उपस्थितिमा हुन लागेको समेत जि।सीले जानकारी दिनुभयो।
सम्झौता पत्र हस्ताक्षर समारोहमा जेसीआई कञ्‍चनका पूर्व अध्यक्ष तथा २०२४ का अध्यक्ष प्रमुख सल्लाहकार जेसी बाबुराम पौडेल र जेसीआई कञ्‍चनका पूर्व अध्यक्ष तथा जेसीआई नेपालका राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेलले यस अभियानको पूर्ण सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो भने ।
जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशको अध्यक्षता, महासचिव जेसी प्रकाश उपाध्याय पौडेलको सञ्‍चालन तथा जेसीआई आस्थापाठ सदस्य जेसी प्रिया तरामुले गर्नुभएको थिएको समारोह जेसीआई कञ्‍चनको सचिवालयमा सम्पन्‍न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय