LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना जेसिज रुपन्देहीको आयोजनामा शुक्रवार सैनामैना ९ को जनचेतना माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुका लागि बेमौसमी तरकारी खेती सम्वन्धि तालिम दिइएको छ ।

सैनामैना नगरपालिका वडा नं. ९ मा रहेको जनचेतना माविमा भएको तालिमको शुभारम्भ प्रमुख अतिथी जनचेतना माविका प्रधानाध्यापक कमल बेलबासेले गर्नुभयो ।

त्यस अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक कमल बेलबासेले सिकेका कुरालाई ब्यवहारमा प्रयोग गर्ने र ब्यवहारमा प्रयोग गरेका कुराले आफ्नो जीवनलाई सुखमय बनाउने कुरालाई उत्प्रेरणाको रुपमा लिन सक्नुपर्ने बताउनु भयो ।

उहाँले सैनामैना जेसिजले बेमौसमी तरकारी खेती तालिम विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकहरुलाई दिएर तरकारी खेती गर्न सिकाएको मात्र नभै जीवनमा केही गर्नुपर्छ भन्ने आत्मविश्वास दिलाएको बताउँदै तालिम प्रदान गरेकोमा सैनामैना जेसीजलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सैनामैना जेजिसका अध्यक्ष शिशिर ज्ञवालीले विद्यालयमा यस्ता कुरा सिकाउँदै गर्दा बिद्यार्थीहरुले घरमा गएर समेत तरकारी खेती गर्न उत्साहित हुने भएकोले यस प्रकारको तालिम विद्यालयमा दिएको बताउनु भयो । उहाँले १२ कक्षा पास गरेर विद्यार्थीहरु विदेश गैरहेको बेला यस प्रकारका तालिमले विद्यार्थीलाई स्वदेशमै केही गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिने बताउनु भयो ।

सैनामैना जेजिसका अध्यक्ष शिशिर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सैनामैना जेसिजका पूर्व अध्यक्ष रामचन्द्र ढकालले गर्नुभएको थियो । जेसिज आस्था पाठ अभिनय घिमिरेले गर्नुभएको तालिम कार्यक्रमको संचालन सैनामैना जेसिजका महासचिव भेषराज भण्डारीले गर्नुभएको थियो भने सैनामैना जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञवालीले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय