LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँची,

अर्घाखाँचीको मालारानी गाउँपालिकाले प्रश्न पत्र आउट गर्ने शिक्षकलाई निलम्बन गरेको छ।

मालारानी गाउँपालिका वडा नम्बर ८ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालयका शिक्षक बुद्धि बहादुर बिकलाई एक महिनाको लागि निलम्बन गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले बताए।

शैक्षिकसत्रको यसै वर्षदेखि गाउँपालिकाले शिक्षाको गुणस्तरमा सुधार गर्न पालिकाले प्रश्नपत्र बनाएर र मर्यादित परीक्षा सञ्चालन गर्दै आएको थियो।

परीक्षा सुरु हुनभन्दा पहिले नै प्रश्नपत्र बाहिरिएपछि प्रश्नपत्र बाहिर ल्याउने शिक्षक बिकलाई शुक्रबार बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको हो। पालिका भित्र रहेका शिक्षक संघ संगठनहरुले प्रश्न पत्रको गोपनीयता कायम नभएको विषयमा सत्य तथ्य छानबिन गर्न विज्ञप्ती मार्फत गाउँपालिकाको ध्यानाकर्षणसमेत गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय