LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

अर्घाखाँची,

अर्घाखाँचीको मालारानी गाउँपालिकाले प्रश्न पत्र आउट गर्ने शिक्षकलाई निलम्बन गरेको छ।

मालारानी गाउँपालिका वडा नम्बर ८ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालयका शिक्षक बुद्धि बहादुर बिकलाई एक महिनाको लागि निलम्बन गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले बताए।

शैक्षिकसत्रको यसै वर्षदेखि गाउँपालिकाले शिक्षाको गुणस्तरमा सुधार गर्न पालिकाले प्रश्नपत्र बनाएर र मर्यादित परीक्षा सञ्चालन गर्दै आएको थियो।

परीक्षा सुरु हुनभन्दा पहिले नै प्रश्नपत्र बाहिरिएपछि प्रश्नपत्र बाहिर ल्याउने शिक्षक बिकलाई शुक्रबार बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको हो। पालिका भित्र रहेका शिक्षक संघ संगठनहरुले प्रश्न पत्रको गोपनीयता कायम नभएको विषयमा सत्य तथ्य छानबिन गर्न विज्ञप्ती मार्फत गाउँपालिकाको ध्यानाकर्षणसमेत गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय