LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकामा फागुन ३ गते देखि जारी रुपन्देही जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत हिजो दोश्रो दिन मार्शल आर्टका सबै इभेन्ट, एथेटिक्स तर्फ ज्याभलिन थ्रो, शटपुट, १५ सय मिटर, १ सय मिटर, २ सय, ४ सय, ८ सय र रिलेका केही इभेन्टहरु सकिएको छ। अहिलेसम्मको परिणाम अनुसार बुटव उपमहा नगरपालिकाले १९ स्वर्ण १४ रजत र १३ काश्य गरी ४६ पदक सहित रनिङ्ग शिल्डको दावेदारीको अग्रस्थानमा रहेको छ।


यस्तै १३ स्वर्ण १४ रजत र ८ काश्य सहित ३५ पदक सहित तिलोत्तमा नगरपािलका दोश्रो स्थानमा रहेको छ भने ४ स्वर्ण ५ रजत ५ काश्यगरी १४ पदक सहित तेश्रो स्थानमा रहेको छ। यसैगरी ३ स्वर्ण २ रजत ६ काश्य सहित सैनामैना चौथो स्थानमा रहेको छ भने २ स्वर्ण ३ रजत ७ काश्य सहित देवदह पाचौं स्थानमा रहेको रुपन्देही खेलकुद बिकास समितिले जनाएको छ।

आज प्रतियोगिताको अन्तिम दिन छात्र छात्रा तर्फको कबड्डी, भलिवल फाइनल खेल, ३ हजार मिटर दौड, रिले र हाइजम्प सहित सम्पुर्ण खेलहरु संचालन हुने आयोजकले जनाएको छ।

कञ्चन ३ को धमिनाताल खेल मैदानमा संचालन भइरहेको उक्त प्रतियोगिताको समापन आज दिउस १ बजे कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु हुने रुपन्देही खेलकुद बिकास समितिका कार्यवाहक अध्यक्ष जय बहादुर सुनारले जानकारी दिनु भएको छ।

प्रतियोगितामा रुपन्देहीका ११ स्थानीय तहका १४ सय भन्दा बढी बिधार्थीहरुले ३७५ पदकका लागि प्रतिस्पर्धा गरिरहेको रुपन्देही खेलकुद बिकास समितिका कार्यलय सदस्य अर्जुन क्षेत्रीले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय