LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |
रुपन्देहीको सैनामैना नगरपालिकास्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवलाई सभ्य र भव्य रूपमा मनाउने गरी तयारी तीव्र पारेको छ । सोमवार विद्यालयले पत्रकार सम्मेलन गरी तयारी तीव्र पारेको जानकारी गराएको छ । वि.स.२०३१ सालमा स्थापना भएको यस विद्यालयले फागुनलाई जन्म महिनाका रूपमा मनाउने गरी सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।
विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले फागुन ३ गते बाटनै कार्यक्रम सुरु भएको जानकारी गराउनुभयो । फागुन १२, १३ गते मुल समारोह गरिने र फागुन १४ गते स्वर्ण महोत्सवको समापन गर्ने तयारी भइरहेको प्रधानाध्यापक पुरीले बताउनुभयो । स्वर्ण महोत्सवको तयारी तथा स्वर्ण महोत्सवलाई सफल पार्न पत्रकारहरुलाई सहयोगको आग्रह समेत गर्नुभयो ।
फागुन ३ गते बृहत रक्तदान कार्यक्रम, फागुन ३ देखी ७ गते सम्म विविध आन्तरिक कार्यक्रमहरु सम्पन्न गरेको विद्यालयले फागुन ८ गते स्पोर्ट मिट २०८० समुद्घाटन कार्यक्रमको तयारी गरेको छ । फागुन ८ गते देखि ११ गतेसम्म विद्यार्थीका विविध प्रतियोगितात्मक कार्यक्रमहरू गर्नेफागुन १० गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता र जिल्लास्तरीय खुल्ला कविता लेखत तथा वाचन प्रतियोगिता गर्ने विद्यालयले जनाएको छ । यस्तै फागुन १२ गते आन्तरिक नृत्य प्रतियोगिता, फूड फेष्टिबल समुद्घाटन, चन्दा दाता सम्मान कार्यक्रम, छात्रवृती तथा पुरस्कार वितरण फागुन १३ गते फूड फेष्टिबल, चन्दा दाता सम्मान कार्यक्रम गर्ने र फागुन १४ गते समापन समारोह विहानः १०ः३० बजे कार्यक्रम समुद्घाटन, स्वर्ण स्तम्भ समुद्घाटन,नव निर्मित भवन समुद्घाटन, विद्यालयको वार्षिक प्रनिवेदन वाचन, स्वर्ण स्मारिका समुद्घाटन, पुरस्कार तथा सम्मान कार्यक्रम, उत्कृष्ट विद्यार्थी प्रतिभा प्रस्तुतीकरण, शुभकामना मन्तव्य, दीपावली सॉझ ५ः०० बजे गरेर कार्यक्रम समापन गर्ने तयारी गरेको प्रधानाध्यापक नेत्रलाल पुरीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्यालले सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय धेरै विद्यार्थीको रोजाई भएको जानकारी गराउनुभयो । उहाले जिर्ण अवस्थामा रहेको यस विद्यालय आफु व्यवस्थापन समितिमा र प्रधानाध्यापक नेत्रलाल पुरी आइसकेपछी यो अवस्थामा आएको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
वुटवल पश्मिकै उत्कृष्ट शैशिक हवको रुपमा रहेको यस सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयमा हाल २५०८ विद्यार्थी संख्या रहेका छन् । नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ हुने उक्त विद्यालयले प्लस टु तर्फ विज्ञान विषय सुरु गरेकै वर्ष विज्ञानमा १०० प्रतिशत नतिजा निकाल्न समेत सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय