LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |
रुपन्देही,
 जेसीआई  कञ्‍चनद्वारा आयोजित व्यवसायीहरूको लागि १ ९एक० दिने कर शिक्षा सम्बन्धि अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ।
 कञ्‍चन गाउँपालिका क्षेत्र र आसपासका क्षेत्रभित्रका व्यवसायीहरूको आवश्यकतालाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा बोल्दै जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशले खस्किदो अर्थतन्त्र र युवा पलायनलाई रोक्न जेसीआई कञ्चनले व्यवसाय गरिरहनु भएका व्यक्तिहरूको नेतृत्व र व्यक्तित्व विकास सँगै व्यवसायलाई दीगोपन दिन कर शिक्षा सम्बन्धि तालिम सञ्चालन गरेको बताउनु भयो। वहाँले विभिन्न कार्यक्रम, गोष्ठी, समारोहमा प्रयोग हुने खादा, माला र मायाको चिनो दिने परम्परा लगायतका  अनावश्यक फजुल खर्च कटौती तथा  निस्तेज गरि स्थानीय उत्पादनलाई प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। साथै जेसीआई कञ्चनले आगामी दिनहरूमा पनि यस्तै प्रकारका अन्य थुप्रै तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अभिमुखीकरण तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष  मौसमी थापा मगरले व्यवसायीहरूले स्थानीय सरकारले निर्धारण गरेको कर तिर्नुपर्नेमा जोड दिनुपर्ने बताउँदै करलाई व्यवस्थित गर्न नसकिएमा व्यवसाय नै धरापमा पर्न सक्ने बताउनु भएको  छ ।
साथै जेसीआई कञ्चनले तालिमको माध्यमबाट  व्यक्तिगत र व्यावसायिक क्षेत्रमा पुर्‍याएको योगदानलाई कञ्चन गाउँपालिकाले मूल्याकंन गरिरहेको बताउँदै आगामी दिनहरूमा सहकार्य र सदाचारका साथ स्थानीय सरकार जेसीआई कञ्चन सँग सधै साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा  जेसीआई कञ्‍चनका पूर्व अध्यक्ष तथा जेसीआई नेपालका राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेल र कञ्चन गाउँपालिका प्रवक्ता चित्रलाल तुलाचनले तालिम कार्यक्रमको पूर्ण सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो।
आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत गौरव पाण्डे र सुवास पोखरेलले दिनुभएको प्रशिक्षणमा कञ्चन गाउँपालिका क्षेत्र तथा  आसपासका झण्डै ७० जना व्यवसायी उपस्थित तालिममा जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशको अध्यक्षता, महासचिव जेसी प्रकाश उपाध्याय पौडेलको सञ्‍चालन, जेसीआई आस्थापाठ उपाध्यक्ष जेसी रामनाथ गौतम, जेसीआई मिसन भिजन जेसी सुवास सापकोटा र स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष जेसी निरोज पौडेलले गर्नुभएको थियो। अभिमुखीकरण तालिम हरैया बहुमुखी क्याम्पस कञ्चन ३ हरैया रुपन्देहीको सभाहलमा सम्पन्‍न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय