LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वडा नं. ८ को वडा कार्यालय प्रशासनिक भवनको विहिवार एक समारोहका बीच उदघाटन भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नयाँ प्रशासनिक भवनको उदघाटन गर्दै नगरपालिकाले दिने सेवा अव हरेक वडा वडाबाट सुरु भैसकेको बताउँदै संविधानमै उल्लेख भए अनुसार वडा कार्यालयहरु नै गाउँ गाउँका सिंहदरवार भएकोले अहिले गाउँबाटै सेवा दिन सुरु गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले पहिलो कार्यकालमै वडा नं. ८ को वडा कार्यालय बनाएर सम्पन्न गर्ने प्रयास गरेपनि संभव नभएको र अहिले वडा कार्यालय भवन उदघाटन भएकोमा धेरै खुसी लागेको वताउनु भयो ।

त्यसैगरी सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नागरिकहरुको सरकारसंगको सवैभन्दा नजिकको सम्वन्ध भनेको पालिकाहरु रहेको र त्यसमा पनि वडा कार्यालयहरु नै रहेको बताउनु भयो । उहाँले स्थानीय जनतालाई वडा तहबाटै सेवा दिन सुरु भएकोले अब सेवाग्राहीलाई सहज हुने बताउनु भयो ।

सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धीराम चौधरीको अध्यक्षतामा भएको वडा कार्यालय उदघाटन समारोहमा वडा नं. ३ का वडा अध्यक्ष तमबहादुर पुर्जा, वडा नं. ८ की वडा सदस्य दुर्गामाया श्रेष्ठ, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्त लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज न्यौपानेले वडा कार्यालय निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सैनामैना नगरपालिका वडा नं. ८ का वडा सदस्य नारायण न्यौपानेले वडा कार्यालय भवन बनाउन निशुल्करुपमा जग्गा उपलब्ध गराउनु भएको थियो । निर्माण सुरु भएको एक बर्षभित्रै सम्पन्न हुनुपर्ने भवन निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण चार बर्षपछि १४ सय ७० दिनको दिन विहिबारमात्रै उदघाटन भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय