LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं. ४ मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको १३ औ बार्षिक क्याम्पस सभा तथा पाचौ अधिबेशन विहिवारदेखि सुरु भएको छ ।

क्याम्पस सभा तथा पाचौ अधिबेशनको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले उदघाटन गर्नुभयो ।

उदघाटन समारोहलाई सम्बोधन गदै उहाँले पछिल्लोसमय क्याम्पसले उत्कृष्ट नतिजा दिदै आएको बताउँदै लुम्बिनी प्रदेश सरकारमार्फत क्याम्पसको शैक्षिक र भौतिक बिकासका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष खुशीराम चौधरीले क्याम्पसको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । क्याम्पसको शैक्षिक प्रतिबेदन क्याम्पस प्रमुख हेम शर्माले प्रस्तुत गर्नु भएको थियो ।

बिगतमा २१ जना विद्यार्थीबाट वि.वि.एस. कक्षा शुभारम्भ गरिएको क्याम्पसमा हाल शैक्षिक वर्ष २०८०÷०८१ मा प्रथम वर्षमा भर्ना भएका विद्यार्थी सहित हाल करिव ३३३ जना विद्यार्थीले अध्ययन गरिरहेको क्याम्पस प्रमुख शर्माले बताउनु भयो ।

कार्यक्रममा क्याम्पसलाई आर्थिक सहयोग गर्ने तथा अक्षयकोष स्थापनार्थ रकम प्रदान गर्ने तथा क्याम्पसलाई विभिन्न रुपमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने क्याम्पसद्वारा आयोजित खेल सप्ताह तथा विभिन्न क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा शिल्ड र मेडलसहित पुरस्कृत गरिएको थियो । क्याम्पसले वार्षिक रुपमा प्रदान गर्ने स्टुण्डेण्ट अफ दि एयरको उपाधि समीक्षा थापाले हात पार्न सफल भइन् ।

कार्यक्रममा सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख बिना राना, सैनामैना नगरपालिकाका पुर्व नगर प्रमुख चित्रबहादुर कार्की, सैनामैना नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, पर्रोहा मा.बि का प्रधानाध्यापक बलबहादुर के.सी लगायतले बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय