LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नंं ८ मा रहेको रामापुर रिभाईबल बोर्डिङ स्कुलमा विहिवार चौथो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रामापुर रिभाईभल भूतपूर्व विद्यार्थी संगठनको आयोजनामा भएको प्रतियोगिताको उदघाटन सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले गर्नुभएको हो ।

हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट इङलिश बोर्डिङ स्कुल प्रथम भएको छ भने सुनगाभा बोर्डिङ  दोश्रो हुन सफल भएको छ । त्यसैगरी ग्रीनप्लाण्ट बोर्डिङ स्कुल तेश्रो हुन सफल भएको छ ।
प्रतियोगितामा बुद्ध पब्लिक स्कुल चौथो, न्यू होराईजन बोर्डिङ स्कुल पाँचौ र कान्ति बोर्डिङ स्कुल छैठौं भएका छन ।

प्रतियोगितामा जिल्लाका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिता उदघाटन अवसरमा सैनामैना नगरप्रमुख फणेन्द्रप्रसाद शर्मा, विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्मा, सैनामैना अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे, रामापुर रिभाईभल बोर्डिङ स्कुलकी अध्यक्ष सुशीला शर्माले पनि बोल्नुभएको थियो ।

सोही अवसरमा शिक्षक भविस्वर न्यौपानेलाई लाईफटाईम एचिभमेण्ट अवार्डले सम्मान गरियो भने पूर्व विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रमको अध्यक्षता जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताका संयोजक किरण तिवारीको अध्यक्षतामा तथा संचालन पूर्व विद्यार्थी सागर चापागाईले गर्नुभएको थियो । त्यसैगरी क्वीज मास्टर डा. आविष्कार पराजुलीले हाजिरीजवाफ प्रतियोगिता संचालन गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय