कञ्चनका अटो ब्यबसायीहरुको साझा संस्थाको रुपमा स्थापित कञ्चन अटो प्रा.लि. कञ्चन ३, रुपन्देहीको चौथो साधारण सभा तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
सभाको उदघाटन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनका युवाहरुले आफुलाई आत्मनिर्भर बनाउन अटो ब्यबसायलाई मुख्य पेशा बनाई अटो ब्यबसाय संचालन गर्नु आफैमा सेवामुखी पेशा भएको बताउनु भएको छ । यसैगरी कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले अटो ब्यबसायलाई मयार्दित बनाउनु पर्ने बताउँदै स्थानीय तहको ऐन कानुनको अनिवार्य पालना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनु भयो ।
यस्तै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले बिशेषगरी बिद्यालय जाने समय र आउने समयमा अटो संचालनलाई अझ बढी सुरक्षित र मर्यादित बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुर अन्तर्गत ट्राफिक पोष्टका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक कृष्णबहादुर पुनले ट्राफिक नियम सम्बन्धी एक दिने सचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कम्पनीका अध्यक्ष दयाराम शर्माको अध्यक्षता, कम्पनीका प्रेस सल्लाहकार जगी लाल थापाको स्वगतमा सम्पन्न कार्यक्रमको सञ्चालन रेडियो कञ्चनका स्टेशन म्यानेजर गोबिन्द आचार्यले गर्नुभएको थियो ।







