LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रवार दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैनाका जनप्रतिनिधि र संचारकर्मीहरुसंग उक्त अभियानको बिषयमा बृहत छलफल समेत गरिएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले खोप सबैको पहुचमा सहज र सुलभ तरिकाले पुर्याउने काममा सबैले सहयोग गरि यो अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।
सैनामैनाका हरेक नागरिक स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यले स्वास्थ सम्बन्धि विभिन्न कार्यक्रमहरु सैनामैनामा संचालन हुँदै आएको बताउँदै उहाँले नेपाल सरकारले तय गरेका हरेक स्वास्थ्य सम्बन्धि कार्यक्रम लागू गर्दै आएको बताउनु भयो ।
सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले यो अभियानमा स्वास्थ्यकर्मीको ठूलो भुमिका हुने भएकोले सबै स्वास्थकर्मीहरुले कोही पनि नछुट्ने गरि खोप अभियान संचालन गर्न आग्रह गर्नुभयो ।
अभियानको बारेमा सैनामैनाका स्वास्थ्य शाखा प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी गराउनु भएको थियो । अभियानको बारेमा सरोकारवाला सबैसंग छलफल र गोष्ठी गर्ने र व्यापक प्रचारप्रसार गर्ने र सबै लक्षित बर्गसम्म खोप पु¥याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
अभियानमा सबै पक्षले सहभागी भएर कही कतै कोही पनि नछुट्ने गरी खोप लगाउन सहयोग गर्न समेत श्रेष्ठले जनप्रतिनिधि र संचारकर्मीहरु आग्रह गर्नुभएको थियो ।
सैनामैना स्वास्थ्य शाखाका हेमराज पन्थीले सैनामैनामा फागुन २० गतेबाट बिधालयस्तरबाट खोप लगाउने योजना रहेको जानकारी दिनु भयो ।
फागुन २० गते देखि २३ गतेसम्म शैक्षिक संस्थाहरुमा खोप दिईने र २४ गते छुटेका सबैलाई खोप केन्द्रबाट खोप दिईने ब्यवस्था मिलाईने समेत पन्थीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय