LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रवार दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैनाका जनप्रतिनिधि र संचारकर्मीहरुसंग उक्त अभियानको बिषयमा बृहत छलफल समेत गरिएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले खोप सबैको पहुचमा सहज र सुलभ तरिकाले पुर्याउने काममा सबैले सहयोग गरि यो अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।
सैनामैनाका हरेक नागरिक स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यले स्वास्थ सम्बन्धि विभिन्न कार्यक्रमहरु सैनामैनामा संचालन हुँदै आएको बताउँदै उहाँले नेपाल सरकारले तय गरेका हरेक स्वास्थ्य सम्बन्धि कार्यक्रम लागू गर्दै आएको बताउनु भयो ।
सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले यो अभियानमा स्वास्थ्यकर्मीको ठूलो भुमिका हुने भएकोले सबै स्वास्थकर्मीहरुले कोही पनि नछुट्ने गरि खोप अभियान संचालन गर्न आग्रह गर्नुभयो ।
अभियानको बारेमा सैनामैनाका स्वास्थ्य शाखा प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी गराउनु भएको थियो । अभियानको बारेमा सरोकारवाला सबैसंग छलफल र गोष्ठी गर्ने र व्यापक प्रचारप्रसार गर्ने र सबै लक्षित बर्गसम्म खोप पु¥याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
अभियानमा सबै पक्षले सहभागी भएर कही कतै कोही पनि नछुट्ने गरी खोप लगाउन सहयोग गर्न समेत श्रेष्ठले जनप्रतिनिधि र संचारकर्मीहरु आग्रह गर्नुभएको थियो ।
सैनामैना स्वास्थ्य शाखाका हेमराज पन्थीले सैनामैनामा फागुन २० गतेबाट बिधालयस्तरबाट खोप लगाउने योजना रहेको जानकारी दिनु भयो ।
फागुन २० गते देखि २३ गतेसम्म शैक्षिक संस्थाहरुमा खोप दिईने र २४ गते छुटेका सबैलाई खोप केन्द्रबाट खोप दिईने ब्यवस्था मिलाईने समेत पन्थीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय