LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि दुई दिने क्षमता विकास सम्वन्धि तालिम शुक्रवारदेखि सुरु भएको छ ।

बुद्धभूमि कन्सलटिङ्गको व्यवस्थापनमा भएको तालिम उदघाटनका अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले तीनै तहका जनप्रतिनिधिहरुमा अध्ययनको कमीले धेरै समस्या आएको बताउँदै जनप्रतिनिधि र कर्मचारीहरुले आफूहरुले गर्ने कामहरुको बिषयमा अध्ययन गर्नैपर्ने बताउनु भयो ।

उहाँले जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बिषय क्षेत्रभित्र अध्ययन नगर्दा धेरै समस्या आएको बताउँदै यस किसिमका तालिमले समस्या सहजीकरणमा धेरै सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

क्षमता विकास तालिममा प्रशासनबीद काशीराज दाहालले प्रशिक्षण दिनुभएको छ । तालिममा जनप्रतिनिधी, कर्मचारी लगायत स्थानीय गरी ६० जनाको सहभागिता रहेको छ । शुक्रवारको तालिममा स्थानीय तहका काम, कर्तब्य र अधिकारका बिषयमा जनप्रतिनिधि, कर्मचारीहरुसंग सहजीकरण गरिएको हो ।

यसैगरी शनिवार राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले तालिमको सहजीकरण गर्ने कार्यक्रम रहेको छ । कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले पनि बोल्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कार्यक्रमको औचित्यको  बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन सूचना अधिकारी गिरिराज अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय