LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |
सैनामैना नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत अपांगता भएका शिक्षक, विद्यालयका प्रअ तथा विषयगत प्रतिनिधिहरुका लागि एक दिवसीय समाबेशी शिक्षा सम्वन्धि अन्तरक्रिया र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैना १० सालझण्डी रुपन्देहीको आयोजना तथा सैनामैना नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैनाले विगत धेरै बर्षदेखि अपांगता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको बताउँदै सैनामैना नगरपालिकाले समेत अपांगता भएकाहरुको क्षेत्रमा काम गर्दै आगामी दिनमा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
नेपाल दृष्टिविहीन उत्थान संघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले सैनामैनामा अपांगताका क्षेत्रमा धेरै संघ संस्थाले काम गर्दै आएपनि अझैपनि सैनामैनालाई अपांगतामैत्री बनाउन नसकिएको बताउँदै तरपनि अपांगता भएका ब्यक्तिहरुको विभिन्न स्थानमा सहज पहँुच तथा उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनु भयो ।
नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैनाका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बञ्जाडे लगायतले बोल्नुभएको थियो । त्यस अवसरमा विद्यार्थीहरुलाई  डे«स, झोला, कापी, पेन्सील र कलम वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय