LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कञ्चन गाउँपालिका ५ रुपन्देहीमा रहेको बुद्धदिप बोर्डिङ सेकेण्डरी स्कुलको २४ औं बार्षिकोत्सव तथा खेल सप्ताह समारोह शुक्रवार सम्पन्न भएको छ ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । स्कुलका अध्यक्ष क्याप्टेन विष्णुनारायण श्रेष्ठको अध्यक्षतामा भएको बार्षिकोत्सवका अवसरमा प्याब्सन लुम्बिनीका सहसचिव कृष्णप्रसाद शर्मा, समाजसेवी भरतमणि सापकोटा, समाजसेवी हेमबहादुर थापा र प्रभात बोर्डिङ स्कुल मुर्गियाका प्रिन्सिपल अनन्तराम शर्माले पनि स्कुलको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।

शिक्षक हिमाली अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत सहायक प्राचार्य देवीराम पौडेलले गर्नुभएको थियो । स्कुलका प्राचार्य लेखनाथ पौडेलले विद्यालयको शैक्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय