LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि शुक्रवारदेखि सुरु भएको दुई दिने क्षमता विकास सम्वन्धि तालिम शनिवार समापन भएको छ ।

बुद्धभूमि कन्सलटिङ्गको व्यवस्थापनमा भएको तालिमको समापनका अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले काम गर्ने दौरानमा जनप्रतिनिधि र कर्मचारीबीच कसरी तादात्मयता मिलाउने र कसरी समन्वय गरेर काम गर्ने भन्ने बिषयमा दुई दिने तालिम महत्वपूर्ण भएको बताउनु भयो । उहाँले काम गर्दा गर्नुपर्ने प्रकृयाहरु, सार्वजनिक खरिद ऐनका बिषय लगायत कार्यसम्पादनसंग जोडिएका कुराहरुमा तालिमबाट धेरै सिक्ने र जान्ने अवसर प्राप्त भएको बताउनु भयो ।

तालिम समापनकै अवसरमा बोल्दै कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले सिंगापुरको पोर्टमा लिएको तालिम स्मरण गर्दै चित्रले भन्दा पनि चरित्रले चिनिनुपर्दछ भन्दै चरित्र राम्रो भयो भने तस्बीर आफै राम्रो देखिन्छ भन्नुभयो । उहाँले सकारात्मक सोच हुनु नै राम्रो देखिनु हो भन्दै तालिमले धेरै कुरा सिकाएको सुनाउनु भयो ।

क्षमता विकास तालिममा प्रशासनबीद काशीराज दाहाल र राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले सहजीकरण गर्नुभएको हो ।
तालिममा जनप्रतिनिधी, कर्मचारी लगायत गरी ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय