LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना वडा नं २ मा रहेको लिटील बर्डस ईङ्गलिस स्कुलको २४ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
लिटील बर्डस ईङ्गलिस स्कुलले पछिल्लो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले यस क्षेत्रको बिश्वास जित्दै आएको प्याब्सनका केन्द्रिय सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि लेखनाथ पौडेलले बताउनु भयो ।
बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार शर्माले स्कुलको शैक्षिक गुणस्तरलाई कायम गर्दै अघि बढेको बताउनुभयो । शर्माले विद्यालयको भौतिक पुर्वाधारदेखि अन्य संरचनामा समेत आगामी दिनमा सेवा सुविधाहरु थप्दै जाने योजना रहेको जानकारी गराउनुभयो।
शैक्षिक प्रतिवेदन प्रस्ततु गर्दै प्रिन्सिपल धर्मराज घिमिरेले विद्यालयको शैक्षिक स्तर बढ्दै गएको बताउनुभयो । उहाँले सैद्धान्तिक शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सैनामैना वडा नं. २ का वडाध्यक्ष अमर बहादुर कंडेल,अभिभावक संघ सैनामैनाका अध्यक्ष विष्णु पाण्डेले शैक्षिक गुणस्तर बढाउँदै अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयका भ्वाई प्रिन्सिपल सुरेश पौडेलको स्वागत तथा शिक्षक अनिस भण्डारीको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ । कार्यक्रममा शैक्षिक तथा खेलकुद कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, अन्य शैक्षिक संस्थाका प्रिन्सिपल तथा प्रतिनीधि, शिक्षक एवम् विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय