LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल मगर महिला संघ सैनामैना नगर समितिको आयोजनामा शनिवार सैनामैनाको सालझण्डीमा बृहद रक्तदान गरिएको छ । ४२ औं नेपाल मगर संघको स्थापना दिवसको अवसरमा सैनामैना १० पशुपति माविको प्रांगणमा आयोजना गरिएको रक्तदानमा ७० यु्निट रगत संकलन भएको थियो ।

त्यसैगरी मगर संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मगर संघको स्थापना दिवसमा नाचगान, खेलकुद र अरु बौद्धिक प्रतियागितामात्र नभै कला संस्कृति, परम्परा र रीतिरिवाजदेखि लिएर मगर संघको इतिहास र नेपालको लोकतान्त्रिक आन्दोलनमा मगरहरुको भूमिकाका बिषयमा जान्न र बुझ्न सहयोग पुगेको बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले मगर समुदायको चाडबाड, संस्कृति, भेषभुषा, रहनसहनलाई निरन्तरता दिन र संस्कृति जोगाईराख्न यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल मगर संघ सैनामैनाका उपाध्यक्ष प्रेमबहादुर सोमरेले मगर दिवस मनाउनुको उद्देश्यका बिषयमा बताउँदै मगर जातिको इतिहास, कला संस्कृतिका बिषयमा बुझाउने र सचेतनाका कार्यक्रम गर्ने उद्देश्य रहेको बताउदै मगरहरुको पहिचान, संस्कृति र भेषभुषालाई पुस्तान्तरण गर्दै जाने उल्लेख गर्नुभयो । उहाँले मगर संघको स्थापना दिवस जस्ता कार्यक्रमले मगर समुदायको विकासमा समेत सहयोग पुग्ने बताउनु भयो ।

मगर स्थापना दिवसको अवसरमा तेक्वान्दो, बक्तृत्वकला र भलिवल प्रतियोगिता सुरु भएको छ । फागुन १५ गतेसम्म हुने स्थापना दिवस कार्यक्रममा अरु धेरै खेलहरु समेत समावेश गरिएको छ ।

मगर संघका अग्रज मोतिप्रसाद रानाको स्वागतमा भएको कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, वडा नं. ३ का अध्यक्ष तमबहादुर पुर्जा, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका प्राचार्य हेमबहादुर थापा लगायतले बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय