LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दशौं साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित कार्यसमित, लेखा समितिका पदाधीकारीहरुलाई एक कार्यक्रमका बिच पदस्थापन गरिएको छ ।

निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष सहितको समितिलाई पदवहाली गराएको छ भने निवर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई माइनुट हस्तान्तरण गर्दै नवनिर्वाचित समितिलाई सफल एवम् सृजनशील कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

सबैको भावनालाई बुझेर र समयको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानीको दिर्घकालिन बिकासमा नवनिर्वाचित समितिले काम गर्ने बिश्वास लिईएको सैनामैना नगरपालिका वडा नं. १ का वडा अध्यक्ष भुवन क्षेत्रीले बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष एकबहादुर क्षेत्रीले उपभोक्तासंग गरेको प्रतिबद्धता र आफुसंगै उम्मेदवारी दिएका सबैको प्रतिबद्धताको आधारमा खानेपानीको नयाँ योजना बनाई उपभोक्तालाई सुविधा दिने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष क्षेत्रीले खानेपानीको सेवा सहज र सरल तरिकाले सबैको पहुचमा पु¥याउने समेत बताउनु भएको छ ।

कार्यक्रममा खानेपानीका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य कमला वि.क, निर्वाचन समिति संयोजक रामबहादुर कुँवर, निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्री लगायतले नवनिर्वाचित समितिलाई सफल एवम् सृजनशिल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

निर्वाचन समिति सदस्य एवं खानेपानी डिभिजन कार्यालय बुटवलका अधिकृत ईश्वरीप्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीको संचालनमा सैनामैना खानेपानीको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय