LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दशौं साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित कार्यसमित, लेखा समितिका पदाधीकारीहरुलाई एक कार्यक्रमका बिच पदस्थापन गरिएको छ ।

निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष सहितको समितिलाई पदवहाली गराएको छ भने निवर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई माइनुट हस्तान्तरण गर्दै नवनिर्वाचित समितिलाई सफल एवम् सृजनशील कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

सबैको भावनालाई बुझेर र समयको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानीको दिर्घकालिन बिकासमा नवनिर्वाचित समितिले काम गर्ने बिश्वास लिईएको सैनामैना नगरपालिका वडा नं. १ का वडा अध्यक्ष भुवन क्षेत्रीले बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष एकबहादुर क्षेत्रीले उपभोक्तासंग गरेको प्रतिबद्धता र आफुसंगै उम्मेदवारी दिएका सबैको प्रतिबद्धताको आधारमा खानेपानीको नयाँ योजना बनाई उपभोक्तालाई सुविधा दिने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष क्षेत्रीले खानेपानीको सेवा सहज र सरल तरिकाले सबैको पहुचमा पु¥याउने समेत बताउनु भएको छ ।

कार्यक्रममा खानेपानीका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य कमला वि.क, निर्वाचन समिति संयोजक रामबहादुर कुँवर, निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्री लगायतले नवनिर्वाचित समितिलाई सफल एवम् सृजनशिल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

निर्वाचन समिति सदस्य एवं खानेपानी डिभिजन कार्यालय बुटवलका अधिकृत ईश्वरीप्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीको संचालनमा सैनामैना खानेपानीको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय