LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता सोमवार देखि सन्धिखर्कको टुडिखेलमा सुरू भएको छ । खेलको लुम्बिनी प्रदेश सभा सदस्य पुर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य चेतनारायण आर्चायले एक समारोह विच उढ्घाटन गर्नुभएको हो ।

कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएको आर्चायले भौतिक रूपमा हामी प्रकाश नरहेता पनि हामिले सधै जिवन्त राख्ने गरि काम गर्ने बताउनुभयो । प्रत्येक वर्ष खेलको आयोजना गरि उहाँलाइ सम्झने गरि खेलकुद महाँसघले स्मृति कप खेल आयोजना गरिने आर्चाय जानकारी दिनुभयो ।

नेता आर्चायले खेलको मध्यमबाट राष्ट्रलाई परिचित गराउने भएकाले खेलाडीहरु अनुशासन भएर खेल क्षेत्रमा आउन युवाहरूलाई आग्रह गर्नुभयो ।

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको प्रथम “प्रकाश महत स्मृति” क्रिकेट प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । खेल फागुन १६ गतेसम्म ३ दिन संचालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख जिवनारायण कोइराला,सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रि,पत्रकार महाँसघ प्रदेश सदस्य प्रेमनारायण आर्चाय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महाँसघका अध्यक्ष हेनरि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विक्रम नेपालीको रहेको थियो ।

गत वर्ष फागुन ७ गते खेलकुद महाँसघको महाधिवेशनमा सहभागी भई घरमा फर्किने क्रममा सडक दुर्घटना परेर प्रकाश महतको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय