LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता सोमवार देखि सन्धिखर्कको टुडिखेलमा सुरू भएको छ । खेलको लुम्बिनी प्रदेश सभा सदस्य पुर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य चेतनारायण आर्चायले एक समारोह विच उढ्घाटन गर्नुभएको हो ।

कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएको आर्चायले भौतिक रूपमा हामी प्रकाश नरहेता पनि हामिले सधै जिवन्त राख्ने गरि काम गर्ने बताउनुभयो । प्रत्येक वर्ष खेलको आयोजना गरि उहाँलाइ सम्झने गरि खेलकुद महाँसघले स्मृति कप खेल आयोजना गरिने आर्चाय जानकारी दिनुभयो ।

नेता आर्चायले खेलको मध्यमबाट राष्ट्रलाई परिचित गराउने भएकाले खेलाडीहरु अनुशासन भएर खेल क्षेत्रमा आउन युवाहरूलाई आग्रह गर्नुभयो ।

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको प्रथम “प्रकाश महत स्मृति” क्रिकेट प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । खेल फागुन १६ गतेसम्म ३ दिन संचालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख जिवनारायण कोइराला,सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रि,पत्रकार महाँसघ प्रदेश सदस्य प्रेमनारायण आर्चाय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महाँसघका अध्यक्ष हेनरि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विक्रम नेपालीको रहेको थियो ।

गत वर्ष फागुन ७ गते खेलकुद महाँसघको महाधिवेशनमा सहभागी भई घरमा फर्किने क्रममा सडक दुर्घटना परेर प्रकाश महतको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय