LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल मगर संघको ४२ औं स्थापना दिवस देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइएको छ । मगर संघको स्थापना दिवसका अवसरमा रुपन्देहीका विभिन्न स्थानमा मगर दिवसको कार्यक्रम भएको छ । दिवसकै अवसरमा बुटवल, भैरहवा, तिलोत्तमा, देवदह, सैनामैनाको मुर्गिया र सालझण्डीमा कार्यक्रम भएको छ ।

यसैबीच रुपन्देहीको सालझण्डीमा ४२ औं मगर दिवस भब्यताका साथ मनाइएको छ । नेपाल मगर संघ सैनामैना नगर समितिले सालझण्डीमा आयोजना गरेको मगर दिवस कार्यक्रममा प्रमुख अतिथी नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर हुनुहुन्थ्यो ।

नेपाल मगर संघ सैनामैनाका अध्यक्ष निरबहादुर पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर महिला संघ सैनामैना अध्यक्ष जुनु पुन मगर, आदिवासी जनजाति महासंघ सैनामैनाका अध्यक्ष रामकृपाल चौधरी, सैनामैना वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल, नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति रणबहादुर खनाल, थारु कल्याणकारी सभाका केन्द्रिय परिषद सदस्य खुसीराम चौधरी लगायतले मगर दिवसको शुभकामना दिनुभएको थियो ।

नेपाल मगर संघ सैनामैना नगर सचिब राधा सिंजाली मगरले संचालन गर्नुभएको कार्यक्रमम स्वागत उपाध्यक्ष विष्णुप्रसाद सर्तुङ्गे मगरले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका पूर्व सदस्य पुजेन्द्र श्रीस मगर,लोकतान्त्रिक आदिवासी महासंघका केन्द्रिय सदस्य नरवहादुर घर्ती मगर र नेपाल मगर संघ मगरात लुम्बिनी सचिव संजीव थापा मगरले पनि मगर दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय