LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना जेसिज रुपन्देहीले सैनामैना नगरपालिका वडा नंं ७ देउवापारका मृगौला पिडित ३८ बर्षीय इन्द्रमणि पौडेललाई १० हजार पाँचसय रुपैया सहयोग गरेको छ । विहिवार मृगौला पीडित पौडेलकै घरमा पुगेर सहयोग गरिएको सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवालीले बताउनु भयो ।

सहयोग प्रदान गर्ने कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञवाली, सैनामैना जेसिजका निवर्तमान अध्यक्ष यदुनन्द भण्डारी, उपाध्यक्ष अभिनय घिमिरे, सदस्य बृद्धि संयोजक किरण पौडेल तथा सैनामैना नगरपालिका ७ का वडा सदस्य बालकृष्ण पौडेल लगायत सामाजिक अभियन्ताको सहभागिता रहेको थियो ।

सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवालीले जेसिजले मृगौला पीडित विरामीहरुलाई जेसिजे बिगतमा पनि सहयोग गर्दै आएको बताउँदै समाजमा सकारात्मक योगदान पुग्ने क्षेत्रलाई समेत आफूहरुले प्राथमिकता दिएको बताउनु भयो । उहाँले जेसिजले दिएको सहयोगले मृगौला पीडितको उपचारमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै जेसिजले जस्तै गरि अरु सामाजिक संघ संस्थाहरुले पनि सहयोगको हात अघि बढाए समाजमा सकारात्मक परिवर्त आउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय