LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना जेसिज रुपन्देहीले सैनामैना नगरपालिका वडा नंं ७ देउवापारका मृगौला पिडित ३८ बर्षीय इन्द्रमणि पौडेललाई १० हजार पाँचसय रुपैया सहयोग गरेको छ । विहिवार मृगौला पीडित पौडेलकै घरमा पुगेर सहयोग गरिएको सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवालीले बताउनु भयो ।

सहयोग प्रदान गर्ने कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञवाली, सैनामैना जेसिजका निवर्तमान अध्यक्ष यदुनन्द भण्डारी, उपाध्यक्ष अभिनय घिमिरे, सदस्य बृद्धि संयोजक किरण पौडेल तथा सैनामैना नगरपालिका ७ का वडा सदस्य बालकृष्ण पौडेल लगायत सामाजिक अभियन्ताको सहभागिता रहेको थियो ।

सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवालीले जेसिजले मृगौला पीडित विरामीहरुलाई जेसिजे बिगतमा पनि सहयोग गर्दै आएको बताउँदै समाजमा सकारात्मक योगदान पुग्ने क्षेत्रलाई समेत आफूहरुले प्राथमिकता दिएको बताउनु भयो । उहाँले जेसिजले दिएको सहयोगले मृगौला पीडितको उपचारमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै जेसिजले जस्तै गरि अरु सामाजिक संघ संस्थाहरुले पनि सहयोगको हात अघि बढाए समाजमा सकारात्मक परिवर्त आउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय