LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिका वडा नं. ११ उत्तरबरौलीमा पुनर्निर्मित त्रिपुरेश्वर शिबालय मन्दिर तथा सामुदायिक सेवा समिति भवनको विहिवार एक समारोहकाबीच उदघाटन भएको छ । त्रिपुरेश्वर शिवालय मन्दिर तथा सामुदायिक सेवा समिति सैनामैना ११ उत्तरबरौलीको आयोजनामा भएको मन्दिर तथा सामुदायिक सेवा समिति भवनको उदघाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भूमिश्वर ढकालले परापूर्वकालदेखि हामी हिन्दु धर्म र सभ्यतासंग बाँधिएको बताउँदै त्यो सभ्यताको संरक्षण गर्ने दायित्व हाम्रो हो भन्नुभयो ।

उहाँले धर्मलाई मानव सेवा र विकास र सभ्यतासंग जोडेर अगाडी लैजान जरुरी छ भन्नुभयो । उहाँले यो नवनिर्मित भवनलाई पर्याप्तमात्रामा सदुपयोग गर्ने कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले सैनामैना ११ उत्तरबरौलीमा रहेको यो मन्दिरलाई यो वडाको मात्र नभै सैनामैनाकै धार्मिक तथा ऐतिहासिक मन्दिरको रुपमा सूचिकृत गरेको बताउनु भयो । उहाँले सैनामैना ११ का दुईस्थान त्रिपुरेश्वर शिबालय मन्दिर र राजापानी सिमसार क्षेत्रलाई यस क्षेत्रकै धार्मिक तथा पर्यटकीय केन्द्रकारुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुशीला अर्यालयको अध्यक्षतामा भएको उदघाटनका अवसरमा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैनाका समाजसेवी मिनप्रसाद घिमिरे लगायतले बोल्नुभएको थियो । त्यस अवसरमा मन्दिर पुननिर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन मन्दिर व्यवस्थापन समितिका सचिव लेखनाथ भुसाल र कोषाध्यक्ष प्रेरणाचन्द मल्लले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष भूमिलाल सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय