LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं. ११ उत्तरबरौलीमा पुनर्निर्मित त्रिपुरेश्वर शिबालय मन्दिर तथा सामुदायिक सेवा समिति भवनको विहिवार एक समारोहकाबीच उदघाटन भएको छ । त्रिपुरेश्वर शिवालय मन्दिर तथा सामुदायिक सेवा समिति सैनामैना ११ उत्तरबरौलीको आयोजनामा भएको मन्दिर तथा सामुदायिक सेवा समिति भवनको उदघाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भूमिश्वर ढकालले परापूर्वकालदेखि हामी हिन्दु धर्म र सभ्यतासंग बाँधिएको बताउँदै त्यो सभ्यताको संरक्षण गर्ने दायित्व हाम्रो हो भन्नुभयो ।

उहाँले धर्मलाई मानव सेवा र विकास र सभ्यतासंग जोडेर अगाडी लैजान जरुरी छ भन्नुभयो । उहाँले यो नवनिर्मित भवनलाई पर्याप्तमात्रामा सदुपयोग गर्ने कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले सैनामैना ११ उत्तरबरौलीमा रहेको यो मन्दिरलाई यो वडाको मात्र नभै सैनामैनाकै धार्मिक तथा ऐतिहासिक मन्दिरको रुपमा सूचिकृत गरेको बताउनु भयो । उहाँले सैनामैना ११ का दुईस्थान त्रिपुरेश्वर शिबालय मन्दिर र राजापानी सिमसार क्षेत्रलाई यस क्षेत्रकै धार्मिक तथा पर्यटकीय केन्द्रकारुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुशीला अर्यालयको अध्यक्षतामा भएको उदघाटनका अवसरमा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैनाका समाजसेवी मिनप्रसाद घिमिरे लगायतले बोल्नुभएको थियो । त्यस अवसरमा मन्दिर पुननिर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन मन्दिर व्यवस्थापन समितिका सचिव लेखनाथ भुसाल र कोषाध्यक्ष प्रेरणाचन्द मल्लले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष भूमिलाल सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय