LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना ६ कलौनीस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा बिहिवार एक दिने तनाव व्यवस्थापन सम्वन्धि उत्प्रेरणामूलक योग तथा ध्यान खुसी शिबिर सम्पन्न भएको छ । शिविरको शुभारम्भको अवसरमा बोल्दै ब्रम्हाकुमारी राजयोग इश्वरिय विश्वविद्यालय बुटवलकी प्रमुख कमला दिदीले विज्ञानले गरेको चमत्कारले आज विश्व एउटा मोबाइलको साँघुरो घेरामा घुमिरहेको बताउँदै आफ्नो बिचार कतातिर बढी जान्छ, के हेर्न बढी ध्यान जान्छ, त्यो आफूले मापन गर्ने हो भन्नुभयो ।

उहाँले नकारात्मक भावना र खराब बिचारतिर हाम्रो ध्यान र बुद्धि जानुको कारण आज गलत विचार, ध्यान र चिन्तनले गर्दा हो भन्दै युवाजगत दुव्र्यसन, एन्जाईटी लगायतका समस्यासंग जुध्न परिरहेकोले यस प्रकारका कार्यक्रमले खुसी र सकारात्मक सोचको विकास गराउने धारणा राख्नुभयो ।

कार्यक्रममा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थले मानिस सवैभन्दा पहिले खुसी हुन सक्नुपर्ने बताउनु भयो । उहाँले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कुनै मानिसलाई पीर परेको छ भने आफूभन्दा तलको मान्छेलाई हे¥यो भने आफू माथि भईन्छ र कसैबाट प्रेरणा लिनुप¥यो भने आफूभन्दा माथिको सफल ब्यक्तिको जीवनबाट धेरै कुरा सिक्न सकिने र यस प्रकारका कार्यक्रमले खुसीसंगै उत्साह बढाउने उल्लेख गर्नुभयो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले सवैलाई सकारात्मक सोचको विकासतर्फ उन्मुख गराउनका लागि यो कार्यक्रम आयोजना गरिएको बताउँदै विकेन्द्रित मन, विचार र चिन्तनहरुलाई शान्तमय बाताबरणमा एकीकृत गर्नेतर्फ यो कार्यक्रमले मार्ग दिने बताउनु भयो । उहाँले हामी सवैले एक मन र एकताका साथ सकारात्मक सोच राख्यौ भने क्याम्पसको बातावरण पनि राम्रो बन्ने बताउनु भयो । तनाव व्यवस्थापन सम्वन्धि उत्प्रेरणामूलक योग तथा ध्यान शिबिरमा क्याम्पस संचालक समिति, प्राध्यापक, बिद्यार्थी र कर्मचारीहरु गरि दुईसय बढीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय