LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना ६ कलौनीस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा बिहिवार एक दिने तनाव व्यवस्थापन सम्वन्धि उत्प्रेरणामूलक योग तथा ध्यान खुसी शिबिर सम्पन्न भएको छ । शिविरको शुभारम्भको अवसरमा बोल्दै ब्रम्हाकुमारी राजयोग इश्वरिय विश्वविद्यालय बुटवलकी प्रमुख कमला दिदीले विज्ञानले गरेको चमत्कारले आज विश्व एउटा मोबाइलको साँघुरो घेरामा घुमिरहेको बताउँदै आफ्नो बिचार कतातिर बढी जान्छ, के हेर्न बढी ध्यान जान्छ, त्यो आफूले मापन गर्ने हो भन्नुभयो ।

उहाँले नकारात्मक भावना र खराब बिचारतिर हाम्रो ध्यान र बुद्धि जानुको कारण आज गलत विचार, ध्यान र चिन्तनले गर्दा हो भन्दै युवाजगत दुव्र्यसन, एन्जाईटी लगायतका समस्यासंग जुध्न परिरहेकोले यस प्रकारका कार्यक्रमले खुसी र सकारात्मक सोचको विकास गराउने धारणा राख्नुभयो ।

कार्यक्रममा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थले मानिस सवैभन्दा पहिले खुसी हुन सक्नुपर्ने बताउनु भयो । उहाँले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कुनै मानिसलाई पीर परेको छ भने आफूभन्दा तलको मान्छेलाई हे¥यो भने आफू माथि भईन्छ र कसैबाट प्रेरणा लिनुप¥यो भने आफूभन्दा माथिको सफल ब्यक्तिको जीवनबाट धेरै कुरा सिक्न सकिने र यस प्रकारका कार्यक्रमले खुसीसंगै उत्साह बढाउने उल्लेख गर्नुभयो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले सवैलाई सकारात्मक सोचको विकासतर्फ उन्मुख गराउनका लागि यो कार्यक्रम आयोजना गरिएको बताउँदै विकेन्द्रित मन, विचार र चिन्तनहरुलाई शान्तमय बाताबरणमा एकीकृत गर्नेतर्फ यो कार्यक्रमले मार्ग दिने बताउनु भयो । उहाँले हामी सवैले एक मन र एकताका साथ सकारात्मक सोच राख्यौ भने क्याम्पसको बातावरण पनि राम्रो बन्ने बताउनु भयो । तनाव व्यवस्थापन सम्वन्धि उत्प्रेरणामूलक योग तथा ध्यान शिबिरमा क्याम्पस संचालक समिति, प्राध्यापक, बिद्यार्थी र कर्मचारीहरु गरि दुईसय बढीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय