LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकामा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउनु पूर्व बृहद अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । जस अनुसार बिहिबार पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीको अवसरमा बोल्दै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनमा सुरु हुने खोप अभियानमा कुनैपनि बालबालिका खोपबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले पूर्व तयारी तथा सचेतनामूलक कार्यक्रम गरिएको बताउनु भयो ।

कञ्चनका बालबालिकालाई खोप लगाउने लक्ष्यसाथ फागुन २० गतेदेखि २४ गनेसम्म लगाइने खोप अभियानमा १४ हजार पाँचसय बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले कञ्चनका ३२ वटा केन्द्रबाट एक साथ खोप लगाईने बताउनु भयो । अन्तरक्रियामा कञ्चन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीको सहभागिता रहेको थियो । पालिकाले यसअघि पनि सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय