LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

गाजाको पश्चिम क्षेत्रमा अत्यावश्यक सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा इजरायली सेनाले आक्रमण गर्दा १ सय १२ जनाको ज्यान गएको छ । आक्रमणमा परी सात सय ६० जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लगे पनि डाक्टर र उपकरणको अभाव रहेकोले उपचारमा कठिनाइ भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनीहरु इजरायली ट्याङ्क आएको देखेर लरीबाट ओर्लिएका थिए ।

त्यहीबेला इजरायली सेनाले चेतावनीको रुपमा मात्र गोली चलाएको जनाएको छ । तर प्यालेस्टिनीले सेनाले सिधै उनीहरुलाई आक्रमण गरेको आरोप लगाएका बीबीसीले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणलाई ुनरसंहारु गरेको आरोप लगाएको छ ।

घटनाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ । फ्रान्सले खाना लगायत अत्यावश्यक सहायताका लागि आएका नागरिकहरू विरुद्ध इजरायली सैनिकले गरेको आक्रमण ुअनुचितु भएको बताएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमास बीचको युद्धमा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने मध्यस्थकर्ताहरूको प्रयासलाई जटिल बनाउने चिन्ता व्यक्त गर्नुभएको छ। स्वास्थ्य सुरक्षाका लागि गाजामा रहेको मेडिकल च्यारिटी एमएसएफले यो डरलाग्दो घटना भएको भन्दै तत्काल र दिगो युद्धविरामको लागि आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय