LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णयको फाइल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुङ्गानाको इजलासले आज निर्णय फाइल झिकाउन आदेश दिएको हो । मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गएको माघ २५ गते तत्कालीन च्याम्पियन फुटवेयर प्रा।लि। अर्थात् अहिलेको चाँदबाग रेसिडेन्सी प्रा।लि। बाँसबारीको नाममा पत्र काटेको थियो । त्यही पत्रको विरुद्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आदेश जारी गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले व्यवसायी अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई गएको माघ १८ गते पक्राउ गरेको थियो । उनीहरू जिल्ला अदालत काठमाण्डौको आदेशअनुसार माघ २४ गते हिरासतबाट मुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय