LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुशील कोइराला स्मृति प्रतिस्ठान राप्ती उपत्यका देउखुरी तथा सन्धिखर्क नगरपालिकाको आयोजना काठमाडौं मेडिकल कलेज पब्लिक लि। सिनामंगल काठमाडौको प्राबिधिक सहयोगमा सन्धिखर्क नगरपालिका वडा न।२ को अर्घाखाँची आबासिय उच्च माबी बेलबाटिकामा बृहत निशुल्क स्वास्थ परिक्षण शिबिर संचालन भएको छ शिबिरमा १२ विशेषज्ञ डाक्टरहरुको टिमले परिक्षण गरिरहेको छ ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बर सिंह पुनको प्रमुख आतिथ्यतामा शुरु शिबिरमा सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख मिश्रा आचार्य प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , काठमाडौ मेडिकल कलेजका अध्यक्ष नारायण प्रसाद दाहाल ,अर्घाखाँची अस्पतालका प्रमुख जगन्नाथ तिवारी , जनस्वास्थ्य अधिकृत शिव नेपाली जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

शिबिरमा परिक्षण प्रश्यात अप्रेसन गर्नु पर्ने बिरामीहरुको लागी चैत्र ७ गते काठमाडौ मेडिकल कलेजमामा निशुल्क अप्रेसन गरिने लिमिटेडका अध्यक्ष दाहालले जानकारी गराउनु भएको थियो ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा उदघाटन शिबिर कार्यक्रमको संचालन अधिकृत मुक्तिराम खनालले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय