LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल,१९ फाल्गुन

अर्घाखाँचीको पाणिनी ५ मैदान अर्घाखाँची रुपन्देही सम्पर्क समाजको छैठौ साधारण सभा तथा चौथो अधिवेशन शनिवार बुटवलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष कृष्णप्रसाद बेलबासेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथी समाजका जेष्ठ सदस्य भोलानाथ बेलबासे हुनुहुन्थ्यो ।

कार्यक्रममा स्वागत उपाध्यक्ष क्याप्टेन झबिन्द्र घिमिरेले गर्नुभएको थियो भने समाजका आजीवन सदस्य सञ्जय घिमिरे, सल्लाहकार लक्ष्मण पाण्डे, मानार्थ सदस्य गोपाल घिमिरे र निबर्तमान अध्यक्ष थानेश्वर घिमिरेले समाजले खेलेको भूमिका सराहनीय रहेको भन्दै समाजलाई अझै गतिशिल बनाउन आग्रह गर्नुभएको थियो । त्यस अवसरमा ३२ जना आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । समाजलाई निरन्तर सहयोग गरेको भन्दै लक्ष्मण पाण्डेलाई सम्मान गरिएको छ भने मानार्थ सदस्य गोपाल घिमिरेलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा सवै परिवारका सदस्य समाजको आजिवनसदस्य भएको भन्दै खिमानन्द भट्टराई र मुक्ति भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन टामलाल घिमिरे र डिआर गैरेले गर्नुभएको थियो भने निबर्तमान र संस्थापक अध्यक्षलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय