सैनामैना नगरपालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आईतवारदेखि सुरु भएको छ । फागुन २४ गतेसम्म चल्ने खोप अभियान नगर प्रमुख फणिन्द्रप्रसाद शर्मा र उपप्रमुख विना रानाको आतिथ्यतामा सैनामैना पर्राेहा परमेश्वर नमुना माविबाट सुरु भएको छ ।
त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नेपालमा अहिले जुन अभियान सुरु भएको छ, त्यो अभियान विश्वले नै अनुकरण गर्ने योग्य रहेको बताउँदै नेपालका स्वास्थ्यकर्मीहरुले गरेको काम प्रशंसनीय छ भन्नुभयो ।



सैनामैना नगरपालिकाका विभिन्न विधालयमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाईदै छ । सैनामैनामा हरेक दिन १० वटा विद्यालयमा खोप अभियान संचालन हुनेछ भने चार दिनमा सैनामैनाका ४० वटा विद्यालयबाट खोप लगाउन सकिनेछ । सैनामैना नगरपालिकाको स्वास्थय शाखाले ९ महिनादेखि ५ बर्षसम्मका विद्यालय नजाने बालबालिकाहरुलाई नियमित खोप लगाउँदाको खोप कार्ड लिएर नजिकैको विद्यालयमा खोप संचालन हुने दिन लगेर खोप लगाउन समेत अनुरोध गरेको छ ।
खोप अभियानको सुरुको दिन सैनामैनाका १० वटा विद्यालयबाट बालबालिकाहरुलाई खोप लगाइएको हो ।




