LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले छैटौं वार्षिकोत्सबको अवसरमा साझा टेलिभिजन एचडीका म्यानेजिङ डाईरेक्टर भुवन जिसीलाई सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
साझा टेलिभिजन एचडीका म्यानेजिङ डाईरेक्टर भुवन जिसीसंगै नेपाल टेलिभिजनका हरिष ढकाल, कान्तिपुर टिभिका अमृता अनमोल, लुम्बिनी टेलिभिजनका श्यामलाल पोखरेललाई पनि नगद सहित सम्मान गरिएको हो ।

क्लवको छैटौं वार्षिकोत्सबको अवसरमा सोमबार आयोजित स्मारिका बिमोचन तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले सुशासन विना समाजमा शान्ति कायम हुन नसक्नेमा जोड दिएका छन। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछी बुटवलको गति कम भएको उल्लेख गर्दै यसको प्रभाव हरेक क्षेत्रमा परेको बताउनु भयो ।

उहाँले बुटवललाई ब्यवस्थित र बस्न योग्य शहर बनाउदै आर्थिक एवं सामाजिक चहलपहल बढाउनको लागि काम भैरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले क्लवले गरिरहेका कार्यक्रमहरु निकै प्रभावकारी देखिएको बताउदै सुशासनको क्षेत्रमा काम गर्न आग्रह गर्नुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुशासनयुक्त समाज निर्माण गर्नमा मिडिया क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहने भन्दै क्लवका कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसि, राससका पूर्व केन्द्रिय अध्यक्ष एवं बरिस्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, लुम्बिनी प्रदेश सस्थापन सभा मञ्चका अध्यक्ष डा. कृष्ण न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का लगायतका बक्ताहरुले क्लबले गरेको कामको प्रशंसा गर्दै अझै प्रभावकारी र बिश्वसनिय बन्न आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय