LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |
DCIM100GOPROGOPR0147.JPG

कञ्चन गाउँपालिका रुपन्देहीले समयमा काम सम्पन्न  नगर्न निर्माण व्यवसायीलाई कारवाही गरेपछि अहिले सूरु भएका आयोजनाको काम निर्धारित मितिभन्दा अघि नै सम्पन्न हुन थालेका छन । कञ्चनको वडा नं. १ को वडा कार्यालयमा सम्पन्न हुन बाँकी दोश्रो फेजको काम समय भन्दा दुई महिना अघि नै सम्पन्न भएको हो ।

कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसम थापा मगरले सोमबार वडा कार्यालयको स्थलगत अनुगमन निरिक्षण गर्दै कञ्चन गाउँपालिकाले निर्माणका कामलाई समयमै सम्पन्न गर्न समय समयमा खबरदारी गर्दै निरिक्षण समेत गर्दै आएकोले काम निर्धारित मितिभन्दा छिटो सम्पन्न भएको बताउनु भयो ।

कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारवाही गरेको बताउँदै अहिले भने वडा कार्यालयको काम समय भन्दा दुई महिना अघि नै सम्पन्न भएको बताउनु भयो ।

DCIM100GOPROGOPR0173.JPG

यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका इञ्जिनियर सुवोध ज्ञवालीले दोश्रो फेजमा निर्माण भएको काम समयमै सम्पन्न गर्ने कुरामा ध्यान दिदै कूल १५ लाख रुपैयामा सवै काम सम्पन्न भएको बताउँदै यस प्रकारको कम्पाउण्ड वाल गाउँपालिकामै नयाँ प्रविधिको रहेको बताउनु भयो ।

गाउँपालिकाले यसअघि नै १० लाखसम्मका योजना उपभोक्ता समितिमार्फत र त्यो भन्दा माथिका योजना इ बिडिङमार्फत गर्ने नीति अख्तियार गरेपछि कञ्चनमा निर्माणका कामले अहिले गति लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय