LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको कञ्‍चन गाउँपालिकामा सञ्‍चालनमा आएको छ। मंगलबार कञ्‍चन गाउँपालिका अध्यक्ष नवराज ढकालले क्लोथ बैंकको उद्घाटन गर्नुभएको हो  ।

क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका पुराना लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि।सीले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताए।

DCIM100GOPROGOPR0199.JPG

देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ(संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान गरे। मानव सेवाको लागि पुरानो कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उनले आग्रह गरे। कञ्‍चन गाउँपालिकाका विभिन्‍न स्थानमा कपडा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने अध्यक्ष जि।सीले बताए।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नवराज ढकालले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे। समाज परिर्वतनका लागि युवा समुहहरूले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु संलग्न हुन पाउँदा र क्लोथ बैंक सञ्‍चालनमा कञ्‍चन गाउँपालिका देशमै पहिलो गाउँपालिका बनेकोमा खुसी व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्न सक्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गरे ।

शुभारम्भ कार्यक्रममा जेसी धनपति ज्ञवाली  ले जेसीआईको आस्था  मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य होू  त्यसलाई आत्मसात गर्दै पुण्य कार्यमा सहकार्य गर्न पाएकोमा फूड एण्ड क्लोथ बैंक नेपालले जेसीआई नेपालका ज्ञठड स्थानीय शाखा मध्य जेसीआई कञ्‍चनलाई छनौट गरी अवसर प्रदान गरेको धन्यवाद व्यक्त गर्दै यो पुनित कार्यको लागि सदैव हातेमालो गर्ने प्रतिबद्धता सहित अभियान सफलताको शुभकामना व्यक्त गरे।

केही दिन अघि मात्र रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भएको थियो । देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ । क्लोथ बैंकका अध्यक्ष जिसीले आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र देशभर फूड एम्बुलेन्ससमेत सञ्‍चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार अहिलेसम्म १५४ वटा स्थानीय तह यो अभियानमा जोडिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय